ढकियामे नागरिकताको टिम सिरहामा आज दिउँसो ३ बजे नाटक प्रदर्शन हुने

  • साउन १८, २०७९
  • १०९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा ,साउन १८ गते । नागरिकता अभावमा वर्षौंदेखि लाखौं नागरिकले झेल्नुपरेको पीडा देखाउने नाटक ‘ढकियामे नागरिकता’ आज सिरहा पुस्तकालयमा प्रदर्शन हुदै छ । कलाकार सरिता साहद्वारा लिखित तथा निर्देशित नाटक काठमाडौं,रौतहट,राजबिराज हुँदै आज सिरहामा प्रदर्शन हुनलागेको हो । सरिता फाउन्डेसन र आसमान नेपालको प्रस्तुतिमा रहेको नाटक मैथिली र नेपाली भाषामा लेखिएको छ। कानुनी जटिलता तथा मधेशका सीमा रक्षक रैथाने मधेशी भूमिपुत्रहरुलाई हेर्ने दृष्टिकोणको र गरिने व्यवहारले नागरिकता नपाउँदा खेप्नुपर्ने समस्या एवं पीडा सरल ढंगले यो नाटकमा देखाइएको छ। त्यस्तै आमाको नामबाट नागरिकता र विदेशी छोरी बिहे गरेर आउँदा समयमै नागरिकता नदिने जटिलताले निम्त्याएको समस्याको पनि चित्रण गरिएको छ। उक्त नाटक अब तराई मधेशका विभिन्न जिल्लामा मञ्चन गरिने लेखिका तथा निर्देशक सरिता साहले जानकारी दिइन । भोली (बिहिवार ) जनकपुरधामको उद्योग वाणिज्य संघमा प्रदर्शन हुने कलाकार कृष्णा महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१