ताजा समाचार

कृष्णनगर भन्सार कार्यालयको एक पछि अर्को सफलता

  • साउन १५, २०७९
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर साउन १५ कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए संगै भन्सार कार्यालय कृष्णनगरले अबैध सामान समात्न सक्रियता देखाएको छ l नेपाली हरूको चाड हरि तलिका तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका छन् l कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउदै गरेको लु.१. ख ७७७० नम्बरको ट्रकमा राति २:३० बजेको समयमा उक्त गस्ती टोलीले चेक जांच गर्ने क्रममा भन्सार नगरेको २९ पोका कपड़ा लगायत अन्य कपडा फेला पारी ट्रक सहित चालक लाई नियन्त्रणमा लिइएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l नियन्त्रणमा लिइएको कपड़ाको अन्दाजी मूल्य चौबीस लाख पर्ने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l पक्राउ गरिएको कपड़ा कस्को हो भन्ने पत्ता नलागेकाले उक्त गाड़ीका चालकलाई नियंत्रणमा लिई सोधपुछ गरी रहेको कुरा कृष्णनगरका भन्सार कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए l गत हप्ता समेत कृष्णनगरका भन्सार कार्यालयले अबैध रूपमा नेपाल भित्र्याइएका ८१ रांगापाडा , २१५ खसी बोका पक्राउ गरी लिलाम बिक्री गरिसकेको कार्यालयले जनाएको छ l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤