लागु औषध सहित मानिस नियन्त्रणमा

  • साउन १५, २०७९
  • ११६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १५ । काभ्रेपलाञ्चोक बनेपा न.पा १० जनागालमा मिति २०७९/०४/१४ गते अ. ९:३० बजेको समयमा लागू औषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी गस्ति टोलिले लागु औषध सहित मानिस नियन्त्रणमा लिएका छन् । प्रहरीले उनीहरूबाट ३०२ एम्पुल DIAZEPAM, ३०२ एम्पुल PHENERGAN र ३०२ एम्पुल NOOPHIN गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध सहित बारा पिपरपाती गा.पा ४ बस्ने वर्ष अ. ३५ को समसोदिन मिया, बनेपा न.पा १० बस्ने वर्ष २८ को सविन हुमागाई र बारा डुमरवाना ४ बस्ने अ. वर्ष ३८ कि संगिता चौधरीलाई नियन्त्रणमा लिएका हुन् । लागू औषध विरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने खुल्न आऐकोले प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा बारा कलैया उप महानगरपालिका १२ बस्ने वर्ष अ. २७ को पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने अ. वर्ष २७ को शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिई मिति २०७९्/०४/१५ गते सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारकर्मीहरु सँग प ...

रंजित चौरसिया,वीरगंज ११ भदौ । जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय न ...

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१