ताजा समाचार

हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएपछि कोहलपुरका असई पक्राउ

  • साउन १५, २०७९
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका छन्। कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेपछि उनीमाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ परेका हुन्। असईले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घटना अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘हामीले पीडित महिला, उनका श्रीमान र बाबुआमालाई समेत जाहेरी ल्याउनुस्। असईमाथि कानुनी कारबाही गर्छौं भनेका र्छौं,’ अधिकारीले भने, ‘अहिले फेरि कुरा अलि फरक ढंगले आउन थालेका छन्। ती महिला र उनका बाबु-आमाले बलात्कार भएको होइन भन्ने ढंगले कुरा गर्न थाल्नुभएको छ।’ पीडित भनिएका व्यक्तिहरूले नै कुरा बदल्न थालेको उनले बताए। महिलाका बुवा-आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएको एसपी अधिकारीले बताए। इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बर्दिया घर भई झन्डै ८ महिनादेखि मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंले जे-जसरी आफ्नो बचाउन गरे पनि उनको नियतमा खोट देखिएको स्पष्ट भइसकेको बताए।

‘मध्य राती सोधपुछको बहानामा आफू मातहतका कर्मचारीलाई एउटी थुनुवा महिलालाई निकाल्न लगाएर माथिल्लो तलाको आफ्नो कोठामा लैजानु आचरण विपरीतको कार्य हो,’ मल्ले भने, ‘त्यति मध्यराती एउटी महिलासँग के सोधपुछ गर्नुपर्ने थियो, यहाँनेर ठूलो प्रश्न उब्जिएको छ।’ असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्य रातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हल्लाखल्ला गरेका थिए। ‘पीडितले जे भन्नुहुन्छ, त्यही अनुसार प्रहरी अगाडि बढ्ने छ,’ उनले भने, ‘उहाँहरूलाई न्याय दिलाउने काम हाम्रो हो र उहाँहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ।’ पीडित र उनका श्रीमानले बिहानसम्म असई चौलागाईंले मध्यरातमा आफ्नी श्रीमतीलाई हिरासतबाट कोठामा लगेर बलात्कार गरेको भन्ने सूचना दिँदै पक्राउ गर्न आग्रह गरे पनि पछिल्लो समय उनीहरूले हातपातको प्रयास मात्रै भएको तथा यौनदुर्व्यवहार भएको भनेर बयान फेरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए।

‘म मानव अधिकारकर्मीसहितको टोलीसँग कोहलपुर जाँदैछु,’ डिएसपी न्यौपानेले भने ‘जोहरी दिनुस् भन्दा अहिले आएर बलात्कार गरेको होइन भनेर कुरा फेर्ने अलि अप्ठेरो कुरा हुन थाल्यो।’ ‘यति राती महिलालाई किन निकालेर लगियो भनेर हिरासतमा रहेका केटाहरूले हल्लाखल्ला गरेका रहेछन्,’ डिएसपी मल्लले भने, ‘आरोपीले त सोधपुछ मात्रै गर्न बोलाएको हुँ भन्दै बचाउ गरिरहेका छन।’ पीडित भनिएकी महिलाले पनि चौलागाईंले सोधपुछ मात्रै गरेको भनेर बयान फेरेकी भए पनि उनका श्रीमानले त्यसो भए मध्यरातमा किन लगेको हो त? भनेर प्रश्न गरिरहेको मल्लले बताए। डिएसपी मल्लका अनुसार बहुविवाह मुद्दामा ती महिला साउन ११ गते पक्राउ परेकी थिइन्। असईं चौलागाईंले उनलाई आफ्नो कोठामा लगेको झन्डै दश मिनेटपछि छोडेको भन्ने खुलेको डिएसपी मल्लले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤