मिटरब्याजी विरूद्ध कडा कदम चालिने मुख्यमन्त्री राउत

  • साउन १५, २०७९
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, साउन १५ । मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताउनु भएको छ । मिटर व्याज विरूद्ध संघर्ष समितिको ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले मिटरव्याजीहरू बाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नु हुँदै उनिहरू विरूद्ध कडा कदम चाल्ने आश्वासन दिनु भएको हो मिटर व्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएको उल्लेख गर्नु हुँदै राउतले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीहरूलाई कानूनको दायरा भित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो उहाँले भन्नु भयो , "हामी तपाईहरूको समस्या प्रति गम्भीर छौ । प्रहरी प्रशासन प्रदेश मातहत नहुदाँ ठोस कदम चाल्न सकिएको छैन । सम्बन्धित ठाँउहरूमा आवाज उठाउदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ, ढुक्क हुनुस । ' संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेशभवन पुगेका पीडितहरूले ७ बुन्दे माग सहितको ज्ञापन पत्र मुख्यमन्त्री राउतलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१