ताजा समाचार

न्यायको माग गर्दै खातुन

  • साउन १२, २०७९
  • ११६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १२ । समाजमा महिला हिंशा कहिलेसम्म ? मधेशका अधिकांश जिल्लाहरूमा दाइजोको कारण कतिपय अवस्थामा निर्दोष महिलाहरुको ज्यान गएको छ ।सामाजिक क्यान्सरको रूपमा रहेको दाइजो प्रथाको शिकार महिलाहरु नभएको होइन । वैवाहिक सम्बन्ध स्थापित हुनु अघि सामाजिक परम्परालाई नियालेर अर्थात् पूरा गरेर वैवाहिक सम्बन्ध स्थापित हुने गर्दछ । वैवाहिक सम्बन्ध स्थापित हुनु अघि दाइजोको लेनदेन हुने गरेको हाम्रो समाजमा एक निर्दोष महिला दाइजोको शिकार भएकी छिन् । सिराहाको लाहान नगरपालिका वडा नं १९ छरापट्टिकी सदो खातुनको बिहे धनगढीमाई नगरपालिका वडा नं १ मेदनीपुरको मो हुसेनसंग विक्रम सम्वत २०७८ जेठ १८ जातिय परम्परा अनुसार भएको थियाे । वैवाहिक सम्बन्ध स्थापित पछि सदो ले आफ्नो सपना सजाउनको लागि उनीहरूको धार्मिक परम्परा अनुसार श्रीमान्लाई व्यवहार गर्न थालिन् , बिहे भएको दुईदिन नबितै खातुनको जीवन संघर्षको दिन शुरु भयो । श्रीमानले झापतले हान्दै घरकाे काममा लगाउन थाले । पानी ल्याउन जादा पनि कुटाई खानुपर्ने , खाना खाने बेलामा पनि कुटाई खानु पर्ने घरकाे छतमा जाँदा पनि अनुमति लिनुपर्ने बाध्यताका बीच खातुनले आफ्नो पीडा माइती पक्षलाई जानकारी दिएपछि घटना बाहिरिन थाल्यो । 

घटनाको छानबिन गर्न पटक पटक सामाजिक रूपमा आम स्थानिय भद्र भलादमीहरु बस्दा पनि नमिल्दा ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिइयो तर कहीं कतैबाट सुनुवाई नभएपछि आम सञ्चार मार्फत घटना बाहिरिन थालेको छ । विवाहको दूई दिन नबित्दै सदोलाई ससुराल पक्षका सदस्यहरूले जनावर सरह व्यवहार गर्न थाले । सदोका पति हसैन सँगै ससुरा बचकुन मियाँले घिसारी घिसारी कुटपिट गर्न गरेको पीडितले बताइन् ।पति हसैनले खाना, नुहाउन, सुत्दासमेत कुटपिट गरी एक हप्तामै घरबाट निकाला गर्ने गरेकाे थियाे ।घोर यातना पश्चात सदो फर्किएर ससुराको नाम लिन चाहदैन । सदो भन्छिन् —‘मलाई मार्न तकियाले मुख दावे ।’ ‘यसको प्रतिकार गर्दा वेल्टले कुटपिट गरे ।’‘विरामी पर्दा कुटपिट गरी कपडा धुन लगाउँथ्यो ।’ ‘मलाई मार्ने योजना नै बनाएको हो ।’सदो थप्छीन्—‘प्रहरीले अपराधीलाई बढाव दिएको छ ।’‘मलाई केही चाहिदैन, विवाहमा भएको खर्च दहेज फिर्ता गराए पुग्छ ।’ ईलाका प्रहरी कार्यालय लहान यसप्रति मौन देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤