ताजा समाचार

सुखिपुर नगरपालिका २ बिद्य्यानगरको स्वास्थ चौकी खोरमा परिणत

  • साउन ११, २०७९
  • १८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ श्रावण - सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर २ बिद्य्यानगरको स्वास्थ चौकी खोरमा परिणत भएको छ।बिगतको सरकारले स्वास्थ चौकीमा बजेट नदिदा स्थानीय जनताले स्वास्थ सेवा लिन प्रभावित भएका छन्। स्वास्थ चौकी इन्चार्ज रुद्र नारायण झाले बिगत लामो समय देखि कार्यालय मै बेड रुम बनाएर बस्दै आएका छन्।स्वास्थ चौकीमा प्रयाप्त मात्रामा पालिकाले औषधी नपठाउदा स्थानीयले सेवा लिन बाट प्रभावित भएका छन्।

Open photo

वाडा नम्बर २ मा करिब ५५ सय भन्दा बढी जनताले स्वास्थ सेवाबाट बनचित भएर निजी स्वास्थ संस्थामा समान्य उपचार गराउन बाद्य्य भएका छन्। ७ जना स्वास्थकर्मी रहेका स्वास्थय कार्यालय जिर्न बन्दै गएका छन्। स्वास्थ चौकीको आफनो जग्गा नभए कै कारण कार्यालय अस्त बेस्त र चिर्न बन्दै गएका छन्।स्वास्थ सेवा लिन दैनिक रुपमा २० देखि २५ जना सेवा ग्राहीहरु आउने गरेका राम क्षत्री यादवले बताए।कार्यालयमा एन्टी बाईटीक औषधीहरु प्रयाप्त मात्रामा उपलब्ध नहुँदा सेवा ग्राहीहरु दुख खेपनु परेको हेल्थ असिस्टेन्ट ममता दासले बताईन्न।

Open photo

स्वास्थ जस्तो संबेदनसिल संस्थामा सौचालय र खानेपानीको राम्रो ब्यवस्था नहुँदा सेवा ग्राही र कार्यरत कर्मचारीलाई निकै पिडा खेपनु परेको जन स्वास्थ निरीक्षक राम कुमार मंण्डलले बताए। उपयुक्त स्वास्थ साधन नभएकै कारण महिलाहरुलाई प्राथमिक उपचारबाट बन्चित भई रहेको अनमी रेनु कुमारी महतोले बताए।कार्यालयमा औषधी राखने रयाक नहुँदा भुईमै औषधी राखनु परेको जन स्वास्थ निरीक्षक श्यामसुन्दर यादवले बताए।स्वास्थ कार्यालय परिसर भित्रै रहेको वाडा कार्यालयले स्वास्थ चौकीलाई सुधार गर्न चासो नरहेको स्थानीयले बताए।

Open photo

कार्यालयमा बोर्ड समेत नरहेको देखियो वाडा अध्यक्ष हरि नारायण यादवका अनुसार बिगतको सरकारले केहि सुधार गरेको छैन। र आफू भखर निर्वाचित भएर आएको छु। अब हामीले बिस्तारै सर्मत सम्भार देखि लिएर हरेक क्षेत्रमा सुधारमा ल्याउने बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤