ताजा समाचार

नवजात शिशुको उपचारमा नि शुल्क वजेट

  • साउन ८, २०७९
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । नेपाल सरकारले नवजात शिशुको उपचारमा सहुलियत प्रदानको निर्णय गरेका छन् । सरकारको चालु आर्थिक वर्ष ०७९/८० मा नवजात शिशुको उपचारमा सेवा पूराउने उद्देश्यका साथ निःशुल्क उपचार प्रक्रिया अगाडी बढाएको छ । स्थानिय तह अन्तर्गत रहेका करिव २९ अस्पताललाई १ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको छ । स्थानीय तह अन्तर्गत रहेका करिब २९ अस्पतालहरुमा नवजात शिशुको निःशुल्क उपचार गर्न बजेट प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्थानीय तह कार्यक्रम निर्देशनमा निःशुल्क नवजात शिशु शोध भर्ना कार्यक्रममार्फत उक्त बजेट बिनियोजन गरिएको हो । नवजात शिशुका रुपमा निःशुल्क उपचार गर्नका लागि देशभरका २९ स्थानीय तहका २९ अस्पतालले उक्त रकम पाएका हुन् । बजेट प्राप्त गरेका अस्पतालहरुले २८ दिनसम्मका नवजात शिशुलाई निःशुल्क उपचारमा सहयोग गर्नुपर्ने हुन्छ । उपचारमा ल्याब, जाँच, भर्ना लगायतका सेवाहरु निःशुल्क हुँने मन्त्रालयले जनाएको छ ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤