ताजा समाचार

आला हजरत नेशनल लाइब्रेरीको स्थापना सराहनीय रहेको इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खां

  • साउन ६, २०७९
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी, साउन ६ दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेसनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने दरगाह ए आला हजरतले दीनी तथा दुनियाँवी दुबै किसिमको पुस्तकहरु आम नागरिकले पढ्न पाउने गरि लाइब्रेरीको स्थापना गरेको हो । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ७ मा पुस्तकालयको स्थापना गरेको दरगाहका प्रवक्ता नाशीर कुरैशीले जानकारी दिए । कुरैशीको अनुसार लामो समय देखि नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले एक आपसमा व्यावसायिक र धार्मिक दुबै सम्बन्ध बलियो छ । सोही सम्बन्धलाई निरन्तरता दिन दरगाहले नेपाली मुस्लिम समुदायको शैक्षिक आर्थिक धार्मिक विकासका लागि हात बढाउँदै आएको छ । कोरोना महामारी देखि लिएर साउन ५ गते स्थापना गरिएको लाइब्रेरी समेत सोहि उद्देश्यले गरिएको उनले जानकारी दिए । बरेली दरगाह आला हजरतको फरमान प्रसंसनीय रहेको तथा आला हजरत नेसनल लाइब्रेरीको स्थापनाले व्यक्तिको पढ्ने बानीको विकासका साथै ज्ञान आर्जन गर्न सराहनीय भूमिका रहने इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्लाह खांले बताए l

आला हजरत ईमाम अहमद रजा खानले मानवता भाइचारा आपसी सौहार्दलाई बढावा दिँदै आफ्नो किताब आफ्नो लेख आफ्नो फतवाहरुबाट विश्व समुदाय माझ पुर्‍याएको संदेशलाई समेत कुरैशीले बयान गरे । त्यस्तै दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले मानव जगतको शान्ति अमनका लागि आला हजरतले गरेको कामलाई अझै अगाडि बढाउन पुस्तकालयको स्थापना गरिएको बताए । उनले भने, ‘जुन ब्यक्ति, समुदाय वर्ग संग पुस्तक छ, हातमा कलम छ, उसले पढ्न लेख्न जानेको छ, विकासको पथमा अगाडि बढ्न निकै सहज हुन्छ । त्यसैले शैक्षिक विकासलाई केन्द्रित गर्दै दरगाहले पुस्तकालयको स्थापना गरि हजारौं पाठक युवाहरुलाई पुस्तक उपलब्ध गराउने प्रयास गरेको छ । सुन्नी सूफी खानकाही बिचारधाराले दिएको मानव भाइचाराको संदेशलाई लाइब्रेरीको मध्यमबाट अझै सहज सरल रूपमा पुर्‍याउन सकिन्छ ।’

त्यस्तै राष्ट्रिय उलमा काउन्सिलका अध्यक्ष सय्यद गुलाम हुसैन मजहरीले पनि उक्त पुस्तकालयमा युवाहरूको पहुँच बनाएर शान्ति सौहार्दयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाले भन्नू भयो, आला हजरतको नामबाट स्थापना गरिएको यति विशाल भवन नेपाल अधिराज्य भरी नै पहिलो भवन हो । पुस्तकालयमा अहिलेसम्म लाखौंको पुस्तक राखिसकिएको र पुस्तक ल्याउने क्रम जारी रहेको मजहरीले बताए । दरगाह प्रमुख सुबहानी मियाँले आफ्नो प्रमुख सचीव सलीम नूरी मार्फत शुभकामना सहित दुआ गर्दै पत्र समेत लेखेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤