ताजा समाचार

नेशनल माइक्रोफाइनान्स बिन्धी शाखाद्वारा वित्तीय साक्षरता तथा बिमा रकम भुक्तानी कार्यक्रम सम्पन्न

  • साउन ३, २०७९
  • १८१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/३साउन। आज मंगलबार मधेश प्रदेशको धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा अवस्थित नेशनल माइक्रोफाइनान्स बिन्धी शाखाले वित्तीय साक्षरता तथा बिमा रकम भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष जीत बहादुर राउत, कार्यक्रमको सभापतित्व कबडहल महिला समुहकि अध्यक्ष श्री मिना बस्नेत, लेखापाल हरिओम ठाकुर, कर्मचारिहरु दिपेन्द्र यादव , अशोक यादव , कार्यक्रमका संयोजक तथा नेशनल माइक्रोफाइनान्स बिन्धीका प्रमुख पंकज कुमार यादव, समाजसेवी, लघुवित्तप्रेमी लगायत स्थानीयहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बताइएको छ।

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष जीत बहादुर राउतले नेशनल माइक्रोफाइनान्सले प्रदान गर्दै आइरहेका सेवाहरु, संस्थागत प्रगती, बिमाको महत्त्व, समूह अध्यक्षको भुमिका तथा जिम्मेवारी, कर्जा तथा बचतको सदुपयोग, लघुबिमाको महत्त्व लगायतका विषयमा छलफल गरेका छन। यो सँगै सभापति मिना बस्नेतका अनुसार लघुबित्तले आर्थिक तथा समाजिक रुपले पिछडिएका वा पछाडि पारिएका गरिब र बिपन्न महिला दिदिबहिनीहरुको आर्थिक सम्मुनत्ती, बिकास तथा दिगो भविष्य निर्धारण गर्नुका साथै लघुबित्तले आउने दिनहरुमा अझ बढी सहजता प्रदान गर्ने बताएका छन। वित्तीय साक्षरता मार्फत म लगायत यहाँ उपस्थित सम्पुर्ण सदस्य लाभान्वित भएको जिकिर गरेका छन।

यश नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था हालसम्म नेपालका -७ वटै प्रदेश तथा ६४ वटा जिल्लामा आफ्ना सेवा विस्तार सँगै ९९ वटा शाखा सञ्जाल मार्फत सेवा दिइदै आइरहेका छन । नेशनल माइक्रोफाइनान्स बिन्धी शाखाका शाखा प्रमुख पंकज कुमार यादवका अनुसार भावी दिनमा पनि यो र यस्तै खालका सेवाहरु प्रदान गरिराख्ने भन्नुभएको तथा पछिल्लोपटक समेत विभिन्न किसिमका सहयोग र सेवा दिइएको सर्वविदित्तै देखिन्छ । यो संस्थाले हर सम्भव आफ्ना ग्राहक सदस्यको इच्छा , चाहना र जीवन रक्षाका लागि कामकाज गरिदै आएको देखिन्छ । संस्थाले हर सम्भव सदस्य दिदीहरुको आर्थिक तथा समाजिक बिकासमा सहयोग गरिरहने नेशनल माईक्रोफाईनान्स बिन्धीका शाखा प्रमुख पंकज कुमार यादवले प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤