ताजा समाचार

सिराहामा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी

  • साउन २, २०७९
  • १५७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । देशको सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी नै पछिल्लो समयमा कमिसन असुलीमा व्यस्त भएको छ । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी कर्माचारीहरु कमाउने धन्दामा लाग्दा सिमा क्षेत्रबाट भन्सार छलीका सामानहरु अत्याधिक मात्रामा भित्रनुका साथै साना हात हतियारकाे विगविगी बढेकाे छ ।

सिराहाको ठाडी ,आभेनगर ,कचनारी ,बरियारपट्टि , माडर लगायत नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा अवैध समानको तस्करी हुँदै आएको खुलेको छ । सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाको घुमुवा सँगकै सेटिङमा तस्करी हुने गरेको स्थानीयबासीले आरोप लगाएका छन् । उनीहरुले सशस्त्र प्रहरी र सिमा प्रहरी चौकीले तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारी समेत असुल्ने गरेको पनि दाबी गरेका छन् ।

त्यहाका व्यापारीहरुका अनुसार एसपीको घुमुवाहरु र बीओपी इन्चार्ज ले जो तस्कर सँग आर्थिक साटगाठ छैन भने उसलाई समान सहित समातेर बीओपी र गणमा लगेर उनीहरुको समान बुझाइ दिने डरत्रास देखाएर महिनवारीको वार्गेनिङ्ग गर्ने गर्छन र आर्थिक कुरो मिलिसकेपछि सामातेको समान छोड्ने गरेको स्वयम त्यहाका व्यापारीहरु बताउछन ।

प्रहरीकै सेटिङमा तस्करी भएका कारण अवैध सामानहरुको ओसारपसार तिब्र भएको छ । सिराहाको ठाडी,बरियारपट्टि र माडरलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ । उक्त नाका हुँदै नेपालबाट मदिरा,जुनि लिभरको कस्मेटिक समानहरु र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु तथा भारततर्फबाट भन्सार छलेर ल्याइने कस्मेटिक र खेलकूदका सामग्रीहरु, ईलेक्ट्रोनिक पार्ट्स, लत्ताकपडा, भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ, चिनी, तेल, चामल, स्पेयर पार्टस्, कुखुरा र अन्डालगायत विभिन्न वस्तुको तस्करी हुँदै आएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक थापाकै संरक्षणमा तस्करहरुले रातमा मात्र नभई दिनदहाडै भन्सार छलेर सामान ओसार पसार गर्दै आएका छन् ।

सिमामा खटिएको सशस्त्र प्रहरीले नै लक्ष्मी मोहमा परेर तस्करीको बढावा दिएको पाईन्छ । चोरी तस्करी नरुक्नुले सशस्त्र प्रहरी माथि प्रश्न चिन्ह खडा भएको छ ।

सभार जनप्रबाह बाट 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤