ताजा समाचार

धनुषाको शहिदनगर नगरपालिकामा पस्यो अख्तियारको टोली

  • साउन २, २०७९
  • १३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा अख्तियारको टोली पसेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले आईतबार शहिदनगर नगरपालिकाको फाईलहरु पल्टाएका छन् । आईतबार दिउँसै कार्यालय पुगेका अख्तियारको टोलीले प्रदेश सरकारबाट प्राप्त योजना र अनुदानहरुमा व्यापाक भ्रष्टाचार भएको उजुरीलाई आधार बनाउँदै फाईलहरु चेकजाँक गर्न कार्यालय पुगेको जनाइएको छ । सशर्त अनुदानबाट शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाको पक्की सडक निर्माण, वडा नं. ७ को नेमुवाटोलको कोरारी पोखरीदेखि सिटहु मण्डलको घरसम्म सडक ढलान , सोही ठाउँमा जलिल मियाँको घरदेखि विश्वकर्मा चौक र रमेश मण्डलको घरदेखि धोबियाही सडकसम्म सडक स्तरोन्नतीको योजनाहरुमा कामै नगरी भुक्तानी गरिएको उजुरीको आधारमा अख्तियारको टोली शहिदनगर पुगेको थियो । 

आईतबार दिउँसो ती तीन योजना सहित मधेश प्रदेश सरकारबाटै दिइएको एसएनआर जनता माबिको कक्षाकोठा निर्माणको लागि आएको बजेटमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारको टोलीले फाईलको तस्विर खिचेर लगेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख गोपाल अधिकारीका अनुसार, शहिदनगरमा आईतबार आवश्यक फाईलहरुको तस्विर खिचेर ल्याएको तथा सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । कुराकानीमा प्रमुख अधिकारीले शहिदनगरमा अख्तियारको टोली आईतबार पुगेर फाईल चेकजाँज गरेको पुष्टि गरे । धनुषा जिल्लाको मात्र नभई मधेश प्रदेशको ८ वटै जिल्लामा प्रदेश सरकारबाट भएको वा भइरहेको कार्यहरुमा चरम भ्रष्टाचार हुँदै आएको छ । कामै नगरी भुक्तानी लिने कार्य प्रायः प्रदेश सरकारको बजेटमा हुने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤