ताजा समाचार

बिहीबारदेखि बेपत्ता रहेका २ बालकको शव वाग्मती नदीमा फेला

  • असार ३१, २०७९
  • ९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर रौतहट, असार ३१ । रौतहटको वाग्मती नदी किनारमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव शुक्रबार बिहान भेटिएको हो ।   बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन गएका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए । दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मीहरु परिचालन भएको थियो ।    खोज तलास गर्ने क्रममा हर्षकुमार झाको शव बिहीबार बिहान दुर्गाभगवती - ५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलस्थित वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।   शव भेटिएपछि हाल मुचुल्कालगायतका कामहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤