ताजा समाचार

नेपाल शिक्षक संघद्वारा प्रतिनिधिहरुलाई सम्मान

  • असार ३१, २०७९
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० असार - लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरी लगायत दर्जनौं जन प्रतिनिधिहरुलाई सम्मान गरिएका छन्।नेपाल शिक्षक संघ लहान कार्यसमितिले आयोजना गरेको कार्यक्रममा जन प्रतिनिधिहरुलाई सम्मान गरेका छन्। शिक्षक संघका लहान नगर अध्यक्ष अरबिन्द्र दासको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरका मेयर महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियोे। लहान नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको उपस्तिथि रहेको थियो। प्रमुख अतिथिको आशनबाट बोलदै मेयर महेश चौधरीले भने प्रत्येक दलित बस्तीमा टिउशन कक्षा संचालन गर्ने निर्णय गरेका छन्।लहान नगरपालिका भित्र रहेका समुदाय बिधालयका शिक्षकहरु मध्येबाट स्कुललाई राम्रो गर्न सकियो भने अनुगमन समितिको निर्णय र शिक्षा समितिको निर्णय अनुसार पुरस्कार दिने उनको बताए।

Open photo

शिक्षक संघका लहान नगर संयोजक अरबिन्द्र दासका अनुसार हामी समाज सुधारको सम्बाहक मात्र होइनन् हामी भनेको सुनको ढिका हो। नैतिकता र ब्यवहार सिकाउने जिम्मेवारी हामी सबै विद्यार्थीहरुको काधमा रहेको उनले जोड दिएका थिए। अतिथिहरुमा लहान नगरपालिकाका वाडा नम्बर २ का सिया राम यादव,लहान ३ का अध्यक्ष राम दयाल महतो,लहान ५ का अध्यक्ष मोहम्मद करिम,लहान ६ का अध्यक्ष तथा लहान नगरपालिकाका प्रबक्ता रमेश गौतम,लहानका ७ अध्यक्ष राम औतार शर्मा,लगायतका अध्यक्षहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन शिक्षक मनोज कुमार यादवले गरेका थिए। कार्यक्रममा सयौं सामुदायिक शिक्षकहरुको सहभागीता रहेको आयोजले जनाए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤