ताजा समाचार

मेयरः महेश प्रसाद चौधरीले बाल शिक्षा सञ्चालनमा ल्याउन दुई लाख रुपैया भुक्तानी दिने

  • असार २८, २०७९
  • १५०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असार २८ गते । सिरहाको लहान नगरपालिका वार्ड नं.१५ ढोडना स्थित रहेको श्री खुट्टी अधारभूत बिधालयमा नवनिर्मित चार कोठे भवनको उद्धघाटन गरिएको छ । लहान–१५ का वडा अध्यक्ष तेजनारायण चौधरीले सो बिधालयका अधुरा निर्माण कार्यको बिषयमा गुनासो पोख्दा सो समाजमा शिक्षा सवल गराउन मेयर महेश चौधरीले नगरपालिकाको अर्थतन्त्रवाट वाइरिङ्ग,पर्खाल वोन्ड्री, टेवुलबेन्च र ढोका बनाउने घोषना गरेको छ । यो स्कुलको शैक्षिक अवस्थालाई गुणात्मक तथा बाल शिक्षा सञ्चालन गर्न एक हप्ता भित्र दुई लाख रुपैया उपलब्ध गराउने, यो बिधालयका बिधार्थी, शिक्षक र स्थानियहरुलाई पानीको समस्या भएकोले केही दिनमै समर्सियल बोडिङ्ग व्यवस्थापन, बिधालयमा चर्पी व्यवस्थित गर्ने मेयर चौधरीले प्रतिवद्धता गरेको छ । शिक्षा हरेक नागरिलाई आवश्यकका साथ स्वास्थ्य र रोजगार पनि आबश्यकता रहेकोले नगरपालिकाकावट हुन सक्ने सहयोगमा कुनै किसिमको कन्जुसाई गर्दिन मेयर चौधरीले भने । सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले हुँदैन,’ समेत प्रमुख चौधरीले भने, ‘ स्थानीय , शिक्षक, विद्यार्थी अभिभावक र स्थानीय सरकार मिलेर शिक्षामा गुणस्तर बढाउनुपर्छ ।’ मेयर चौधरीले सिकेको ज्ञानलाई सीपमा र सीपलाई व्यवहारिक ज्ञानमा उतार्नुपर्नेमा जोड दिए । विद्यार्थीहरु नै राष्ट्र निर्माणका पहरेधार भएको बताउँदै उनले विद्यार्थीलाई लगनशील हुन आग्रह गरे । शिक्षकलाई ईमान्दार भएर अध्यापन गराउन आग्रह गर्दै विधालयको भौतिक अवस्था सुधारगर्न आफूपछि नहट्ने प्रतिबद्धता गरे । ’शिक्षामा आमूल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसका साथसाथै नगरका जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरूको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु,’ चौधरीले भने ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤