ताजा समाचार

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सिरहाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • असार २८, २०७९
  • १२३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २७ असार । संघीय निजामती सेवा ऐन जारी गरियोस भन्दै सिरहाबाट सरकारलाइ ज्ञापन पत्र बुझाइएको छ । संघीय निजामत सेवा ऐन अबिलम्ब जारी गर्न माग सहित सिरहाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाइएको हो । सोमबार नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन निजामतिले सिरहाबाट संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । संघीय निजामती सेवा ऐन अबिलम्ब जारी गरियोस भन्दै आफुहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका नेपाल निजामति कर्मचारी संगठन सिरहाका उपाध्यक्ष रञ्जित कुमार यादवले जानकारी दिएकाछन् । समग्र कर्मचारीको साँझा हित र निजामती प्रशासनको मार्गदर्शनको रुपमा रहेको ऐन निर्माणको प्रकृयामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकाले यस्ता विषयमा सम्बन्धित पक्षहरु संग छलफलको आवश्यकता रहेकोले संगठनहरुले निजामती प्रशासनलाइ संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थीत गरि जनातको सेवा प्रवाहलाइ चुस्त, दुरुस्त, प्रभावकारी, प्रादर्शि एवं नागरिक मैत्री गाराउने कार्यमा सहयोग पुग्ने गरि संघीय संसदको चालु अधिवेशनबाट यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न जोडदार माग गर्दछौँः ज्ञापन पत्रमा उल्लेख गरिएको छ । चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएमा संघर्षका थप कार्यक्रमलाइ अघी बढाइने चेतावनी समेत दिइएको छ । सोमबार देशका सबै जिल्लाहरुबाट संघीय निजामती सेवा ऐन जारि गर्न माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएको उपाध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤