Siraha Times
ताजा समाचार

पश्चिम नवलपरासिको सरावल गाउपालिका वार्ड नम्बर २ को वार्ड कार्यालय मा स्थानियबासिले तालाबन्दी

  • असार २८, २०७९
  • १५०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजाम नवलपरासी/२७ पश्चिम नवलपरासिको सरावल गाउपालिका वार्ड नम्बर २ को वार्ड कार्यालय मा स्थानियबासिले सोमबार तालाबन्दी गरेका छ्न । गत बर्ष कोरोना बाट प्रभावित को लागि राहत दिने सरकार को निर्णय अनुसार पालिका ले प्रभावित ब्याक्ती को वितरण संकलन गर्दा वार्डले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाइ बेवस्ता गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वार्ड को सबै सेवा प्रभावित हुनेगरी तालाबन्दी गरिएको आक्रोशित स्थानिय बासिहरुले बताएका छ्न । राहत वितरणमा वार्डले आफ्ना मान्छेको नाम सिफारिस गरेको र गरिबलाई छोडेर सम्पन्न परिवारको नाम सिफारिस गरेको र एकै परिवारका दुइजना सम्मको नाम सिफारिस गरि गाउपालिकामा पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोशीत भयेका हुन । वार्डले जति पनि नाम सिफारिस गरिएको छ ती सबैको छानबिन गरि वास्तविक प्रभावित परिवार लाइ छनौट नगरेसम्म वार्डमा लगाइएको ताला नखोलिने स्थानियबासिहरुको अडान छ । यस विषयमा सरावल २ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ता सङ्ग बुझ्दा उहाले आफू कार्यवाहक भै काम गरेको दुई दिन मात्र भएका ले यस विषयमा आफुलाइ खासै जानकारी नभएको र आफू ले संबंधित निकाय मा बुझ्ने प्रतिक्रिया दिनुभएको छ । सरावल गाउपालिकाको वार्ड नम्बर २ ले २६० जाना को नाम पठायकोमा प्रभावित को संख्या एक सय तिन जनाको नाम मात्र सिफारीस भइ राहत वितरणको लागि पालिका बाट आयेको छ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१