ताजा समाचार

काठमाण्डौंको लागि हिडेका सुदिपको शव भगवानपुरमा भेट्दा

  • असार २६, २०७९
  • २१९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २६, असार । घटना २०७९ बैशाख १२ गतेको हो । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ कदमाहा बस्ने बर्ष २८ को सुदिप कुमार चौधरी काठमाण्डौं जान्छु भन्दै सोही दिन साँझ करिब ५ बजे घरबाट निस्के । सुदिप काठमाण्डौंमा पल्मवर वर्करको रुपमा काम गर्थे । बुवा , आमाले छोरा काठमाण्डौं पुगिसकेको होला भनेर ढुक्क थिए । त्यसैकै भोलिपल्ट सुदिपको घरमा बिहान करिब ७ बजे स्थानीयको फोन आयो । तपाईंको गाउँकै युवा जस्तो देखिने एक जनाको शव सिरहाको भगवानपुर स्थित प्रहरी चौकी नजिक भेटिएको छ । आउनुस् , शव पहिचान गर्नुस् । नपत्याई , हतार हतार सुदिपको परिवारका सदस्य घटना स्थलमा पुगे। त्यहाँ पुग्दा सुदिप संसारबाट बिदा भएको रहेछ । एक्लो छोरा त्यसमा पनि जवान । बुवा ,आमाको अगाडी जवान छोरो गुमाउनुको पीडाले सम्पुर्ण परिवार नै स्तब्ध भए । मृत्यक चौधरीको आमा रामबत्ती चौधरीका अनुसार भगवानपुर थाना देखि करिब ५० मिटर उत्तर तर्फ लहान ठाढी सडक खण्डको पश्चिमपट्टीको किनारमा छोराको शव बेवारिसे अवस्थामा भेटिएको बताइन् । व्यक्तिगत रिसिबिका कारण छोराको हत्या गरिएको परिवारजनको कथन रहेको छ । घटनाको प्रकृति हेर्दा घाँटी थिचोमिचो पारिएर हत्या गरिएको मृत्यक चौधरीका वुवा सुर्यनारायण चौधरीले संचारकर्मीलाई बताए ।

Open photo

काठमाण्डौ हिडेका छोरा भगवानपुरमा पुग्नु आफुहरु कसैलाई पनि थहा नभएको उनले सुनाए । प्रहरी भन्छन् , ` सुदिप अत्याधिक लागू औसध सेवन गरेको थियो । तर , घाँटीमा सेतो डोरी बाँधेको अवस्थामा शव भेट्नु , घाँटीमा निलडाम हुनु , मुख रगडेको , खुट्टामा चोटपटक लागेको जस्तो शव देखिनु पुर्णरुपमा हत्या नै गरिएको परिवारजनको आशंका छ । सुदिप बितेको घटना नसेलाउदै , महिना दिन पनि नपुग्दै उनको वियोगमा ८३ वर्षीय हजुरआमा मङ्नी देविको पनि निधन भयो। 'छोरा र आमा मरेको कारण बिचबिचमा कहिले काहीँ छोराको हत्यारा पत्ता लाग्यो भनेर ईलाका प्रहरी कार्यालय लहान गईरहन्थे । प्रहरीले आमाको क्रियाकर्म सकाउनुस् , हामी अनुसन्धान गरिरहेका छौँ , ठाढो उजुरी अहिले नहाल्नुस् , कल डिटेल्स र शंकाको अधारमा हामिले तीन जनालाई पक्राउ गरिसकेका छौं , सुदिपका वुवा चौधरीले पत्रकारलाई सुनाए ।' शंकाको आधारमा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ मधुपट्टीका अमित चौधरी , शम्भुनाथ नगरपालिका वडा नम्बर - ६ लतियाही बस्ने सुजिता कुमारी चौधरी र रितु चौधरीलाई अनुसन्धान गरेको ४ - ५ दिनमै प्रहरीले रिहा गरिदिएका थिए । पक्राउ परेकालाई प्रहरीले राम्ररी अनुसन्धान नगरेर उम्किन दिएको पीडित परिवारजनको भनाई छ । सुदिपकि आमा रामबत्ती चौधरी भन्छिन्, ‘ छोराको हत्या भएकै हो , र हत्यामा यी तिनै जनाको संलग्नता रहेको दावी छ , समातेर कानुनी कारबाही गरिदिए मनलाई राहत त हुनेथियो ।’ उनिहरुले पैसा लेनदेनको बिषयमा छोरालाई पटक पटक मार्ने धम्की दिईरहेको सुनाए । यता घटनाको अनुसन्धान गरिरहेका ईलाका प्रहरी कार्यालय लहानका अनुसन्धान अधिकृत कोमाल ठाकुरका अनुसार घटनाको अनुसन्धान हुनुपर्नेमा हामी सचेत रहेको बताउँछन् । घटनााको गम्भीर अनुसन्धान भैरहेको छ र हामी परिवारजनलाई बिच बिचमा अपडेट गराईरहेको बताए।’ सुदिपको ५ बर्षे एक छोरा र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤