ताजा समाचार

रमेश महतो स्मृति बिधालय फुलवरियामा शिक्षको लापरबाही : विद्यार्थीको भबिस्य अन्यौलमा

  • असार २०, २०७९
  • १०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ असार - सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा रहेको सहिद रमेश महतो स्मृति बिधालयमा शिक्षकहरुको लापरबाहीले करिब ९ सय विद्यार्थीहरुको भबिस्य अन्यौलमा परेका छन्। पत्रकारहरुको एक समुहले छडके अनुगमनमा पुगदाँ १३ जना शिक्षकहरु मध्ये ४ जना शिक्षक मात्र कार्यालयमा भेटीएका थिए।स्कुलमा पहिलाको तुलनामा गुणस्तरीय पढाई नहुँदा स्थानीय अभिभावकहरुले आक्रोशित भएका छन्। शिक्षकहरुले लापरबाही गर्दा शिक्षा बिकास सिरहा र स्थानीय सरकार समेत मौन देखिएका छन्। उक्त बिधालयमा पढाई नहुँदा बाद्य्य भएर स्कुल छोडेर निजि बिधालयहरुमा गुणस्तरीय शिक्षाको लागी जाने गरेको स्थानीयहरुले बताए।सहिद रमेश महतोको नाउँ भजाएर खाने शिक्षकहरुलाई कडा कार्वाहीको माग गरीएका छन्।

पत्रकारहरुको एक समुहले छडके अनुगमनमा पुगदा बिधालयका प्रधान अद्य्यापक लगायत ८ जना शिक्षक समेत अनुपस्थित रहेका थिए भने निमित्त प्र.अ. महेश्वर यादव,लेखा पाल र बिधालय सहयोगी बालदेब यादव र शिक्षक देबेन्द्र यादव मात्र स्कुलमा भेटिएका थिए। २०१९ सालमा स्थापना भएको बिधालयको अवस्था यस्तो देखिएका छन्। बाल बिकास सहित कक्षा १० सम्म स्कुल संचालनमा रहेका छन्। शिक्षकहरुले सरकार तलब सेवा सुबिधा लिनेर स्कुलले निर्धारण गरेको समय अब्धी भरी नबस्ने हाजिरी गरेर घर गई दिने काम गर्ने गरेका स्थानीयहरुको आरोप रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤