स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

  • असार १७, २०७९
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, अषाढ १६ स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई तीन दिने (TOT) तालिम कृष्णनगरको निलकण्ठ स्विट हाउसको हालमा कार्यक्रम सम्पन्न भएको छ l कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना कृष्णनगर नगरपालिकाको समान्वयमा स्वास्थ्य जीवन तथा योग सम्बंधि तालिम सम्पन्न भएको छ l उक्त तालिमको उद्धघाटन कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समिति अध्यक्ष बिष्णु प्रसाद भट्टराईले गर्नुभयोl कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रवेश श्रीवास्तवको अतिथ्यता रहेको थियो साथै वडाध्यक्ष कृष्ण कुमार गुप्ता, समाजसेवी भरत किशोर चौधरी लगायतको उपस्थित रहेको थियो l तालिममा दिर्घकालिन नसर्ने रोग तथा रोगको व्यवस्थापन, स्वास्थ्य जीवनशैली, स्वास्थ्य आहार विहार र दिनचर्या, ऋतुचर्या, विद्यालय स्तरमा गरिने प्रथमिक उपचार, योग र योगको महत्व लगायत उपस्थित शिक्षक लाई विद्यालयमा गइ पाएको ज्ञान सिप विद्यार्थी हरूलाई सोको बारेमा ज्ञान सिप प्रदान गरि विद्यार्थी लाई आ आफ्नो घर परिवार तथा समुदायमा समेत जानकारी गराउन आवस्यक सहकार्य गर्न अनुरोध गरिएको थियो l

उक्त तालिममा डा. प्रवेश श्रीवास्तव, डा. आशिष चौधरी, डा. मुकेश चौधरी, नागरिक आरोग्य सेवा केन्द्रका कविराज डा.नागेश्वर मिश्र, कपिलवस्तुका वरिष्ठ कविराज हरिलाल उपाध्याय लगायतले तालिममा विभिन्न बिषयमा सहभागी लाई सहजीकरण गरेका थिए l समापन कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख आरती देवी चौधरी, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, वडा सदस्य राहुल हलवाई लगायतको उपस्थितमा योगाभ्यास गराई प्रमुख अतिथि चौधरी द्वारा सहभागी हरूलाई प्रमाणपत्र वितरण गरि कार्यक्रम समापन गरिएको थियोl

प्रतिक्रिया दिनुहोस

लहानमा निःशुल्क मोति ...

रहमुल, लहान,२८ चैत्र । सिरहाको लहान नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार का ...

नवराजपुरमा सडक निर्म ...

रहमुल, सिरहा, २८ चैत्र । सिरहाको नवराजपुर गाउँपालिका भित्र सञ्चालन भइरहेका ग्राभेल तथा सडक निर्माण क ...

जनकपुरधाममा बालअधिका ...

सिरहाटाइम्स लहान चैत २८ । बालबालिकाको हक, हित र संरक्षणलाई सुदृढ बनाउन केन्द्रित एक महत्वपूर्ण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१