पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न

  • असार १६, २०७९
  • १४०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजाम पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न गरेको छ । पालिका स्तरीय पुर्ण खाेप समन्वय समिति प्रतापपुर गाउँपालिकाकाे आयाेजना पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न भएको हाे । हामी सबैको सार्थक प्रयास ,प्रतापपुरकाे समग्र विकास भन्ने मुल नाराका साथ पुर्ण खाेप सुरक्षित भविष्य काेविड १९ विरुद्ध तथा नियमित खाेप पुर्ण खाेप सुनिश्चितता प्रतापपुर गाउँपालिकाले आज एक समारोहका बिज घाेषणा गरेको हाे ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगाैती यादवको प्रमुख अतिथता सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भगाैति यादवले प्रतापपुर गाउँपालिकाले जिल्लामै एक उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले आफ्नो पालिका बासिहरुकाे सुरक्षाका निम्ति समयमै काेविड १९ विरुद्ध खाेप लगाई पालिकावासिहरुकाे सुरक्षा मात्र हाेईन जान जाेगाएर भविष्य समेत उज्ज्वल बनाएको भन्दै धन्यवाद ज्ञापन गर्दै खुसी ब्यक्त गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष यादवले आफ्नो गाउँपालिका बासिहरुकाे सुख दुखमा सधै साथ सहयोग गर्ने बताउनुभएको थियोे । साे समारोह कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख , जिल्ला प्रहरी कार्यलय लगाएका स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१