ताजा समाचार

कृष्णनगर नगरपालिकाले मनायो १९ औं राष्ट्रीय धान दिवस

  • असार १५, २०७९
  • ९६९ पटक पढिएको
  • रामएकवाल राम
alt

अजय मिश्र,

कृष्णनगर, अषाढ १५ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १९ औं राष्ट्रीय धान दिवस मनाएको छ । कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा जनचेतना बहुउद्देशीय महिला कृषक समुहको सहयोगमा ' धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग' भन्ने नाराका साथ १९ औं धान दिवस तथा रोपाई महोत्सव मनाएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर उप प्रमुख आरती देवी चौधरीले कार्यक्रमको उद्धघाटन गर्नुभयो । अतिथिहरूमा वडाध्यक्षहरू , कर्मचारी, किसान लगायतको उपस्थितमा खेतमा रोपाई गरिएको छ । रोपाई पश्चात दही च्यूरा खाएर धान दिवस मनाएको छ। कार्यक्रम संचालन कृषि शाखा कृष्णनगरका प्रमुख सुदिप कुमार मौर्य ले गर्नुभयो । प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहेको छ ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

कार्यक्रममा १० वटा समुहका अध्यक्ष तथा पदाधिकारी,कृषि शाखाका ना.प्र. स. प्रेम लाल पौडेल, ना.प्र.स. सचिन थारू, प्रशासन शाखा प्रमुख राजेश मिश्र, स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, पुजा श्रीवास्तव, सुषमा विश्वकर्मा, प्रदिप चौधरी लगायत अन्यको उपस्थितमा सफलतापूर्वक कार्यक्रम समपन्न भएको छl अरबौ रूपियाको धानको अायतमा कम गरि अधुनिक तरिकाको खेती तथा लागत कम हुने गरि विशेष खालका अाधुनिक यन्त्र उपकरणको प्रयोग गरि बढी बढि भन्दा बढी उत्पादनमा विशेष जाेड दिनुका साथै नेपालभरी धान दिवस मनाइएको छ l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤