ताजा समाचार

कृषकको मनोबल उच्चराख्ने, निर्यातमुखी धान उत्पादनमा जोड आजको राष्ट्रिय धान दिवसमा

  • असार १५, २०७९
  • १३७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार। सिराहा। असार १५ बुधबार। आज असार १५ , अर्थात राष्ट्रिय धान दिवस " धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग" राष्ट्रिय भन्ने नाराका १९ औं राष्ट्रिय धान दिवस मनाउँदै छ। धानको महत्त्व र गरिमा संस्कृतिसँग पनि जोडिएको छ । असार पन्ध्रकै दिन नेपालमा दही चिउरा खाने प्रचलन पनि छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५ लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमा समेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रूपले धान दिवस मनाउँदै आएका छन् । यसवर्ष धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको छ । सरकारी आँकडा अनुसार झन्डै ३१ लाख हेक्टर जमिन खेतीयोग्य रहेकामा ४७ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन्छ । त्यसमध्ये तराई क्षेत्रले हिस्सा ७० प्रतिशतभन्दा बढी स्थान ओगटेको छ । कृषि तथा पशुपक्षी विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ ।

योसँगै कृषकको मनोबल उच्चराख्ने, निर्यातमुखी धान उत्पादनमा जोड दिन र कृषकलाई कृषि पेशामा आत्मनिर्भर बनाउन तिनै तहका सरकार उतिकै जिम्मेवार हुन्छ , जति एक कृषक दिनरात मिहिनेत गरि कृषिमा होमिएका हुन्छ । आजको राष्ट्रिय धान दिवसमा विशेषत: कृषिको मुहार फेरिन् नीति , कार्यक्रम , मुद्दा उपर चिन्तन राख्नु अतिआवश्यक छ। आजको दिनलाई " रोपाई महोत्सव " वा रोपाई दिवसको रुपमा पनि चिनिन्छ । हाम्रो नेपाल , कृषि प्रधान देश भएकाले यहाँ परम्परा देखि नै असार १५ लाई दही चिउरा खाएर मनाउने पनि गरिन्छ ।

नेपालमा २०६२ साल देखि असार १५ लाई धान दिवसको रुपमा मनाउन शुरु गरिएको हो । सरकारले सरकारी स्तरबाट यो दिवस मनाउन पनि ग्रामीण भेगमा किसानहरुले आफ्नै तौरतरिकाले मनाउने गरिन्छ । आज जसरी भएपनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ।यस दिन रोपाइलाई पर्वको रुपमा मनाउने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै , छुप छुप गर्दै धान रोप्ने चलन रही आएको छ। नेपाली समाजमा परापुर्व काल देखि नै असार १५ मा चिउरा दही र साउन १५ मा खीर खाने चलन रहेको छ। आज असार १५ वर्षकै सबभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइँने असारे गीतले आजको दिन देखि दिन छोटा र रात लामो हुँदै जाने हिउँदको शुरुवात भयो भने बुझिन्छ ।

हलो गोरुले हिल्याएको खेतको हिलोमा छुपछुप धान रोप्ने , आपसमा रमाउने र हिलो छ्यापछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन। असारे गीतको माया परती साट्ने समेत आजको दिन प्रयोग भएको देखिन्छ । दही चिउरा सहित आँप जस्ता फलफुल सहित कृषकहरूले आजको दिन खेतमै खाजा खाँदै गीत गाउँदै मनाउने चलन रही आएको छ। कृषि प्रधान हाम्रो देशमा खाद्य सुरक्षाको प्रमुख आधार रुपमा रहेको धान उत्पादनलाई महत्त्व दिदैँ सरकारले असार १५ लाई राष्ट्रिय घान दिवसको रुपमा मनाउन थालेको हो । नेपालमा,धान उत्पादनमा कमी विभिन्न कारणबाट भएको देखिन्छ ।

- देशको युवा जनशक्ति विदेश प्लायन हुनु , खेतीयोग्य जमिन जथाभावी टुक्रिनु एवं घडेरीमा परिण्त हुनु , सीमित व्यक्तिहरुको हातमा धेरै जमिनको स्वामित्व रहनु ; उचित सिचाईं व्यवस्थापन नहुनु , अकासे पानीको भरमा पर्नु , उन्नत जातको बीउ वीजन , मल आदिको पर्याप्त मात्रामा उपलब्ध नहुनुका कारणहरु हो। राष्ट्रिय स्तरमा नीति एवं कार्यक्रमहरुको विकास गर्दै धान उत्पादन बढाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ । राष्ट्रिय धान दिवसको अवसरमा सबैलाई भरपुर शुभकामना ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤