ताजा समाचार

दलितहरु पुनः सडक आन्दोलनको तयारी

  • असार १४, २०७९
  • १३२९ पटक पढिएको
  • रामएकवाल राम
alt

मनोज पासमान
जनकपुरधाम - मधेस प्रदेशमा दलितमाथिको हिंसा अहिलेसम्म नरुकेको भन्दै धनुषाका दलितहरुले पुनः आन्दोलन गर्ने जनाएको छ।असार १३गते संयुक्त दलित संघर्ष समिति मधेस प्रदेशको आयोजना तथा समितिको अध्यक्ष चन्देश्वर दासको अध्यक्षतामा जनकपुरको सबरि कुट्टिमा बसेको बैठकबाट ३वटा निर्णय पास गरेका छन।
 
०७९/०३/११गते धनुषाको औरहि गाउपालिकाको श्री रामजानकी मावि झिटकोहियाको प्र.अ. श्री मदन कुमार महरामाथि भएको जातीय विभेदको घटनामा संलग्न रहेका सुजित कुमार यादव रामनाथ यादवलाई अविलम्ब पक्राउ गरि कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यलय धनुषामा डेलिकेस्न लिएर जाने। मधेस प्रदेशमा दलित माथि भएको विभिन्न घटनाहरुलाई लिएर मधेसको राजधानी जनकपुरमा असार १७गते शुक्रबार शक्ति प्रदर्शन गर्ने निर्णय समेत गरेका छन।
 
शुक्रबार जनकपुरको गोपाल धर्मशालामा ५००भन्दा बढि दलितहरुको सहभागिता गराएर त्यहाबाट जुलुस निकाल्ने निर्णय समेत गरेको छ। आज जनकपुरको सबरिकुट्टिमा बसेको बैठकमा धनुषा भरिका दलित अगुवाहरु चन्देश्वर दास,चन्देश्वर सदा,बिनोद महरा,राजाराम मण्डल,मनोज पासमान,कृष्ण कुमार पासमान,रामेश्वर महरा,सत्रुधन महरा,बैजनाथ पासमान,रामबिलास धनकार लगायतको उपस्थितिमा संयुक्त दलित संघर्ष समितिको बैठक बसेको थियो।
 
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤