ताजा समाचार

सडक दुर्घटनामा छोरा गुमाएका बुबालाई प्रवासी कुशबाहा कल्याण समाज मलेसियाद्वारा आर्थिक सहयोग

  • असार ८, २०७९
  • १२६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ असार -सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ का राम सेवक महतोको करिब २१ बर्ष छोरा सहदेब महतोलाई हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसि जानकी नगर स्थित ट्रयाकटर दुर्घटनामा परेर बैशाख १९ गते घटना स्थलमै मृत्यु भएको थियोे। मृतको बुवा राम सेवक महतोलाई घर परिवार चलाउन प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई २१,०००/- हजार सहयोग गरेका छन्।पीडित परिवारहरुलाई सहयोग गरेको प्रवासी कुशवाहा कल्याण समाज मलेसियाको अध्यक्ष प्रमोद महतोले जानकारी दिनु भयो। सहयोगमा निबर्तमान अध्यक्ष गुरु दयाल कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र नम्बर २ का अध्यक्ष सुरेन्द्र कुमार महतो कुशवाहाले जानकारी दिनु भयो सिरहाटाइम्स।

सानै उमेर देखि वाईरिङ्गको काम गर्दै आएका उनी बिवाहको टेन्ट हाउसको सम्मान बोकेको गाडीमा बसेर काम गर्न जादै गरेको गाडी पल्टीदा महतोलाई घटना स्थलमै मृत्यु भएको थियो। पीडित महतोलाई घरको ३सन्तान मध्ये जेठो छोरा रहेको थियोे। पीडित महतोलाई २छोरा मध्ये १ छोरा र १ छोरी छिन्।घरको अवस्था निकै कमजोर रहेको महतोको जेठो छोराले घर परिवार चलाउन सानै उमेर देखि ज्याला मजदुरीको काम गर्दै आएका थिए। घरको जेठो छोरा गुमाए पछि मृतकको बुवालाई घर परिवार चलाउन निकै कठिन हुने गरेका छन्। पुत्र शोकमा रहेका महतोलाई आर्थिक सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤