सडक दुर्घटनामा छोरा गुमाएका बुबालाई प्रवासी कुशबाहा कल्याण समाज मलेसियाद्वारा आर्थिक सहयोग

  • असार ८, २०७९
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ असार -सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ का राम सेवक महतोको करिब २१ बर्ष छोरा सहदेब महतोलाई हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसि जानकी नगर स्थित ट्रयाकटर दुर्घटनामा परेर बैशाख १९ गते घटना स्थलमै मृत्यु भएको थियोे। मृतको बुवा राम सेवक महतोलाई घर परिवार चलाउन प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई २१,०००/- हजार सहयोग गरेका छन्।पीडित परिवारहरुलाई सहयोग गरेको प्रवासी कुशवाहा कल्याण समाज मलेसियाको अध्यक्ष प्रमोद महतोले जानकारी दिनु भयो। सहयोगमा निबर्तमान अध्यक्ष गुरु दयाल कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र नम्बर २ का अध्यक्ष सुरेन्द्र कुमार महतो कुशवाहाले जानकारी दिनु भयो सिरहाटाइम्स।

सानै उमेर देखि वाईरिङ्गको काम गर्दै आएका उनी बिवाहको टेन्ट हाउसको सम्मान बोकेको गाडीमा बसेर काम गर्न जादै गरेको गाडी पल्टीदा महतोलाई घटना स्थलमै मृत्यु भएको थियो। पीडित महतोलाई घरको ३सन्तान मध्ये जेठो छोरा रहेको थियोे। पीडित महतोलाई २छोरा मध्ये १ छोरा र १ छोरी छिन्।घरको अवस्था निकै कमजोर रहेको महतोको जेठो छोराले घर परिवार चलाउन सानै उमेर देखि ज्याला मजदुरीको काम गर्दै आएका थिए। घरको जेठो छोरा गुमाए पछि मृतकको बुवालाई घर परिवार चलाउन निकै कठिन हुने गरेका छन्। पुत्र शोकमा रहेका महतोलाई आर्थिक सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १६ श्रावण। नेशनल मेडिकल कलेज प्रा.लि.वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्र ...

खानेपानीको निहुँमा न ...

ओम प्रकाश यादव लहान, साउन १६ । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न.५, निपनिया मलहटोलीमा खानेपानी ...

लहान नगरपालिकाले २०३ ...

ओम प्रकाश यादव, लहान, साउन १५ । लहान नगरपालिकाले सन् २०३० सम्ममा प्रत्येक घरधुरीमा सुद्ध र सुरक्षित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१