गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गहनासहित पाल्पाका एक यात्रु पक्राउ

  • असार ४, २०७९
  • १०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवर रहेका छन । जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका उनलाई मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो । कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले यस अनलाईनलाई जानकारी दिए ।

उनको साथबाट तीनवटा सिक्री र एकवटा ब्रास्लेटसहित फेला परेको छ । बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो । युवा काम गरेर नेपाल फर्केको अवस्थाको हो वा अन्य भन्ने विषय खुलेको छैन । सरकारले वैधानिक रुपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनु पर्ने भएपनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१