भन्सार नभएको भारतीय ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिए

  • असार ३, २०७९
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार ३ ,२०७९ सप्तरी आज शुक्रबार अन्दाजी ७.३० बजेको समयमा सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेज स्थित सशस्त्र प्रहरीले राजमार्गमा भन्सार नभएको रिफाईन पाल्मोनियम तेल १५ सय टन बोकेको मालवाहक भारतीय ट्र्कलाई नियन्त्रणमा लिएको छ। पुर्वतर्फबाट पश्चिम आउदै गरेको UP 75M3695 नम्बरको भारतिय ट्रकलाई सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हे.क्वा.मातहत सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटि गएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ्गको कमाण्डमा ०७ जनाको मोवाईल गस्ती टोलीले नियन्त्रणमा लिएको हो। भन्सार मुल्य एक करोड नौ लाख छयानब्बे हाजर रुपैयाँ बराबरको भन्सार नभएको विवरण उल्लेख भएको छ।ट्रक संगै चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहान बस्ने ३८ वर्षीय अवध बाबु र सह-चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त नगर बस्ने २३ वर्षीय धिरज कुमारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाईएको छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१