Siraha Times
ताजा समाचार

जलिया लेखापढी रामपृत साहलाई सिडियो कवाडी हतकडी लगाउने

  • असार २, २०७९
  • २४३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/१ असार। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा १ पिप्राप्रधमा बस्दै आइरहेका लेखापढी रामपृत साहले खुलेयाम जाली काम गर्ने गरेको पाइएको छ। कानुन मिच्ने, कानुनी दायराभित्र नचल्ने, कानुन उल्लङ्घन गर्ने जो कोहीलाई अपराधी मानी प्रमुख जिल्ला अधिकारी ( सिडियो ) लालबाबु कवाडी हतकडी लगाउने बताएका छन। योसँगै पटबारी रामपृत साह मालपोत कार्यालय लहानमा लेखापढीको काम गर्दै आइरहेका छन। यता लेखापढी साहलाई सोधपुछ गर्दा 'म' मैले लेखिएको कपालीमा यस्तो प्रा:य जसो हुँदै रहन्छ , जहाँ गुनासो गर्नुछ ढुक्कले गुनासो गर्नु अभिव्यक्ति दिइएको थियोे ।

लेखापढी साहले लेख्ने अधिकाँश कपालीमा २ / ३ वर्ष थपेर लेखेको तथ्य सार्वजनिक भएको र लेनदेन दिइएको रकमभन्दा बढीको कपाली बनाई स्थानीयलाई ठग्दै आइरहेको कतिपयले गुनासो गरेका छन। दिइएको रकमभन्दा बढि रकम लेखेर कपाली बनाइएको एक स्थानीय तुलसी बांतरले बताएका छन। साथै पटबारीले लेखिएको कर्तुतको प्रमाणहरु सुरक्षित रहेकाले कार्वाही प्रक्रिया अघि बढाउन वांतरले मांग गरेका छन। लेखापढी साह लेनदेन रकमको दोब्बर तेब्बर कपाली बनाउने चल्नचल्तीको बिना जानकारी कागज लेखिसकेपछि पनि पढेर नसुनाएको चौबर ( चारबर ) कागज (कपाली) बनाइ मजबुरीसँगै अनपढको फाइदा उठाईएको प्रति वांतर आक्रोशित बनेका थियोे ।

वांतरका अनुसार लेखापढी रामपृत साहले मेरो २ वटा कपाली लेखे , त्यो पनि फरकफरक मितिमा त्यसमा पनि रकम र दुईवर्ष बढि थपियो , कपाली तयारी पछि केही पढेर नसुनाएको गुनासो गरेका छन। लक्ष्मीपुर पतारी गाउँपालिकाका स्थानीयसँगको कुराकानीमा लेखापढी रामपृत साहको बारेमा धेरैले टिकाटिप्पणी गरेका छन। साह कहिले ऋणीलाई साहु , कहिले साहुलाई ऋणी बनाइदिएको स्थानीय समुहहरुले बताएका छन।

यी र यस्ता कर्तुतले भरिएका लेखापढी रामपृत साहलाई लेखापढीको लाइसेन्स प्रमाणपत्र न. ६०३/ ५१५ जिल्ला अदालत सिरहा। पान न. ३०४८०६३५७ पाइएको छ। कानुनलाई धजिया उडाउने जो कोही सामाजिक अपराधी मानिन्छ । तसर्थ यस्ता अपराधी रामपृत साहलाई लाइसेन्स जफतसँगै कानुनी उपचारको अति आवश्यक रहेको पिडित तुलसी वांतरले गुनासो गरेका छन।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१