ताजा समाचार

बालश्रम ः विद्यालय छाडेकाहरु जोखिम काममा

  • जेठ ३०, २०७९
  • १२२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ३० जेठ । लहान १ का १५ बर्षीय जुम्लाहा दाजुभाई बुदी र बुदिआ सदाय कक्षा ६ नपढ्दै कामको लागि भारतको दिल्ली पुगेका थिए । दिल्लीको एक उद्योगमा बोरा कार्टुन लोड अनलोड गर्ने काम पाएका थिए । महिना दिनसम्म काम गरेपछि पैसा माग गर्दा बुदी सदायलाई कुटपिट गर्दा उनी त्यहाँबाट भागेर घर फर्किएका छन् । भारतको कर्णालमा काम गर्न गएका लहान ११ का उत्तम सदायलाई साहुजीले कुटपिट गरि मारेका छन् । काम गरेको ज्याला माग गर्न जाँदा उत्तमलाई उनका साहुजीले कुटपिट गरेका थिए । घाईते उत्तमलाई उपचार नगर्दा १० दिनमा उनको ६ महिना अगाडि मृत्यू भएको छ । सोमनीदेवी सदायले मृत्यू भएपनि कुनै कानुनी कारवाही गर्न सकिएन । न त उनका परिवारलाई कुनै किसिमको राहत नै दिएनन् ।

बीचमै विद्यालय छाडेका बालकहरु मिलमा बोरा बोक्ने, उद्योगमा रासायिनिकयुक्त काम गर्ने, खेतीकिसानी, घरेलु काम गर्ने, होटल, कलकारखाना, ठेला चलाउँने, कवाडी टिप्ने जस्ता जोखिम, निकृष्ट तथा बालश्रम जस्ता काम गर्छन् । यहाँबाट एजेन्टहरुले महिनाको १२—१३ हजार भारु तलब भनेर लैजाछन् । त्यहाँबाट मोहरको दरमा तलब दिने गरेकोले रामकिसन सदायले ६ महिना काम गरेर फर्किएका छन् । रामकिसनले एक त जोखिम काम गराउँछन् । त्यसमा पनि तलब मोहरमा मिलाएर एजेन्टमार्फत दिने गरेको छ । अब म भारत जान नै छाडिसके उनी बताउँछन् । यहाँबाट गएका १० देखि १३ बर्षका बालबालिकालाई भारतमा साडीमा कढाई, होटलमा भाडावर्तन माझ्न, कवाडी संकलन जस्ता काममा लगाउँने गरेको छ । काम गर्न नसकिने बालबालिकालाई यातना दिएपछि त्यहाँबाट भागेर अलपत्र समेत परेका छन् ।

निकृष्ट प्रकारको बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रूपमा संसारभरी मनाइने गरिन्छ । श्रमशक्ति २०६६ अनुसार नेपालमा ९ लाख बालिका र ७ लाख बालक गरी १६ लाख बालबालिका श्रमिकको रूपमा काम गर्न बाध्य छन् । तीमध्ये ६ लाख २१ हजार बालबालिका जोखिमयुक्त श्रममा रहेका छन् । नेपालको संविधानको धारा ३९ को उपधारा १० मा कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउने कार्य कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर प्रावधान राखेको छ ।

आज बाल श्रम विरुद्धको दिवस विश्वभर मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउदै आएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बाल श्रम त्यो काम हो जसले बालबालिकालाई बाल्यअवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ । जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ । कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो । नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ महासन्धि र निकृष्ट प्रकारको बालश्रम उन्मूलन सम्बन्धी महासन्धि अनुमोदन समेत गरेको छ ।

बालश्रम रोक्न प्रयास भइरहे पनि त्यो पर्याप्त देखिएको छैन । अहिले पनि डेढ लाखभन्दा धेरै बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका विभिन्न तथ्याङ्कले देखाएका छन् । बालश्रम रोकथाम र न्यूनीकरणका निम्ति शिक्षा सबैभन्दा प्रभावकारी माध्यम बनेको बालश्रमिकको संख्या २६ लाखबाट १६ लाखमा झर्नुले पनि देखाउँछ । जुन बालबालिकालाई आमाबाबुले लालनपालन गर्न र पढाउन सक्दैनन् वा जसका आमाबाबु छैनन्, तिनलाई राष्ट्रले हेर्नुपर्ने गरी कार्ययोजना–कार्यक्रम बनाउने र लागू गर्ने प्रयास भएन ।

सरकारले पछिल्लो समय ‘सीमान्तकृत’ र ‘पिछडिएका समुदाय’ का रूपमा दलित, अपाङ्ग र कर्णाली अञ्चलका बालबालिकालाई सामाजिक सुरक्षाको दायरामा पार्ने गरी सीमित छात्रवृत्ति दिन शुरू गरेको छ । तर, यसलाई बालश्रमसँग जोडिएको देखिंदैन । सरकारले बालश्रम अन्त्यका लागि निर्धारण गरेको लक्ष्य हासिल गर्न पनि यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने र कार्ययोजना र कार्यविधि निर्माण गर्नुपर्ने मानवअधिकारकर्मी राजकुमार राउत बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤