Siraha Times
ताजा समाचार

शिक्षा पुर्ण रुपले निशुलक हुनुहुदैन: नगर प्रमुख महतो

  • जेठ २१, २०७९
  • १४८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिराहा लहान २१ जेठ - , सिरहाको धनगडीमाई नगरपालिका वडा नं. १२ मा रहेको तु.स.डो.मा.वि. विष्णुपुरकट्टीले नव निर्वाचित नगर प्रमुख तथा उप प्रमुख लगयत १ देखि १४ वटा सम्मका वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अथिती नव निर्वाचित नगर प्रमुख शिव शंकर महतो र विशिष्ठ अथितीमा उप प्रमुख संगिता कुमारी चौधरी रहेको थियो । विधालय संचालक समितीका अध्यक्ष खुस्मी राम हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानअध्यापक बलराम भक्त ठकुरीले स्वागत मन्तब्य राख्दै स्थानिय सरकार आएदेखि विगतका ५ वर्ष देखि विधालयले यस स्थानिय सरकारबाट पाउँनु पर्ने सेवा सुविधा, विधालयलाई चाहिने भौतिक संरचना र अहिलेको आवश्यकता प्राविधिक शिक्षामा कुनै किसिमको सहयोगका साथै शिक्षा शाखाले छुट्याएको बजेट पनि नभएको गुनासो गर्नु भयो । धनगडीमाई नगरपालिकाकै सबै भन्दा पुरानो यस विधालयलाई ग्रमिण भेगको एउटा नमुना विधालयका रुपमा विकास गर्न आग्रह समेत गर्नु भएको स्कुलका प्र.अ. बलराम भक्त श्रेष्ठ ले जानकारी दिनु भयो।

सरकारी विधालयको शिक्षा बिग्रिनु र गुणस्तरीतामा कमी आउनु नै पुर्ण रुपले निशुल्क शिक्षा हो, त्यसैले शिक्षामा केही शुल्क लिदा अभिभाावक र विधार्थीमा शिक्षाको महत्व बुझिने नव निर्वाचित नगर प्रमुख महतो बताउनु भयो । प्रत्येक विधालयलाई करेसाबारी र श्रम संग जोडेर सिनियर विधार्थीहरुलाई हप्ताको ४ घण्टा काममा लगाउने साथै यस विधालयका म आफै एउटा विधार्थी र्भएकोले विधालयलाई हरेक क्षेत्रबाट पुर्ण सहयोग गर्ने नगर प्रमुख महतो घोषणा भयो

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१