श्रीमान गुमाएकी ममता यादवलाई सन नेपालका प्रबन्धक महतोद्वारा १४ लाख सहयोग

सन नेपालका प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा पीडित महिलालाई १४ लाख सहयोग

  • जेठ १८, २०७९
  • १४५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ जेठ-वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका सिरहाको गोलबजार नगरपालिका ९ बस्ने बुवा श्रीराम यादव र आमा बिल्टी देवी यादवको करिब ३४ बर्शिय छोरा राम एक वाल यादवले वैदेशिक रोजगारीमा गएका थिए। उनले २०७८-११-१५ गतेका दिन झुन्डिएर आत्म हत्या गरेका हुन्। वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई श्रीमानको कृया खर्च सहित १४ लाखको चेक आर्थिक सहयोग बापत हस्तान्तरण गरेका छन्।

Open photo

मृतक यादवको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा अभिलेख नम्बर FE1000251858 रहेका छन्।उनलाई एक श्रीमती २ छोरी र १ छोरा रहेका छन्।समान्य परिवारको छोरा समेत रहेका यादव आर्थिक सम्पन्न गर्न वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका थिए। ऊनी घरको आर्थिक सबलताको लागि पटक-पटक वैदेशिक रोजगारमा साउदी पुगेका थिए। यादव तेस्रो पलट पुनः साउदी पुगदा घटना घटेका हुन्। मृतक यादवको छोरा छोरीलाई बिचल्ली भएको छ। पीडित परिवारको आफन्त पवन कुमार यादव धनगढीमाई १० र अर्को पवन कुमार यादव धनगढीमाई १३ को रोहवरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई १४ लाखको चेक हस्तान्तरण गरेका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१