गाडीको सम्पुर्ण कागजात छैन, कृष्णनगर बजार वरि परि घुमिरहेको

  • जेठ १४, २०७९
  • ९२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, जेठ १४ गाडीको कुरा गर्दा विदेशी गाडी (भारतीय मोटरसाईकल र जीप कार) र नेपाली गाडीहरु पनि पर्छन । भारतीय गाडी मध्ये जीप कार करिब ७० देखि १००/१६०-२०० सम्मा नेपालको कृष्णनगर बजारमा भित्रिएको देखिन्छ । कुनै दिन ६० कुनै दिन १२० कुनै दिन ८० भारतीय कार जीप कृष्णनगर बजारमा भित्रिएको हुन्छन । मोटरसाइकलको कुनै आकलन नै छैन ।

कृष्णनगर बजार र वरि परि भित्रिएको गाडीहरु (मोटरसाईकल, जीप, कार) थोरैले सुविधा/ भन्सार गराउन्छन । कृष्णनगर बजार भित्र जाने मुल सडक (मुख्य सीमा) हो चार चक्के उतै बाट बजार आउने जाने गरेको छन् तर विभिन्न खुला सीमा नाकाहरु (लक्ष्मीनगर, सिर्सिहवा, ठकुरापुर, नारैनापुर जस्ता विभिन्न नाकाहरु) पनि छन् जुन चाहिँ प्राय जसो मोटरसाइकल वालाहरुले त्यस्तो नाका आउने जानेको लागि प्रयोगमा ल्याकेको देखिन्छ । त्यो बाटो आउने कारण के हो भने त्यस्ता मोटरसाइकल चालकहरु जो संग चालक अनुमती पत्र, गाडी को सम्पुर्ण कागजात, हेलमेट न रहेको, अथवा अरु कुनै कारण नेपाल भित्र प्रवेश गरेको पाईन्छ ।

भारतीय गाडीहरु नेपाल भित्रिएपछि गाडी चालक/ धनिहरु आफ्नो आवश्यकता अनुसार सुविधा या भन्सार लिनु पर्ने तर कति पय गाडीवाला लिदैन्न त सुविधा दिने भन्सारको कर्मचारी सोधेर मात्र सुविधा दिने गर्छन (कहाँ सम्मा पुग्ने हो) यदि कसैले भन्यो कि कृष्णनगर बजार सम्मा, भन्सारको कर्मचारी जानुस् भन्दिन्छन । भन्सारमा वरि परि भएको एजेंन्टहरुले पनि सवारी चालक या सवारी धनीलाई थरकाउने काम गरेको हुन्छ ।

कृष्ण नगर बजार र वरि परि चेकिंग लाग्योको बेला कुनै गाडी वाला बिना हेल्मेट, बिना लाईंसेंस, बिना गाडी कागज, बिना सुबिधा अथवा बिना भन्सार, नम्बर प्लेट रहेको तर नम्बर मेटी सकेको (नेपाली, भारतीय, नेपाली सरकारी मोटरसाइकल), तीन सवारी भएको गाडी समाईयो भने गाडीको चालक/ मालिकले नेताको अथवा आफ्नो पद (यदि पदमा भएको), एस.पी, डी.एस.पी जस्ता विभिन्न डर धमकी दिने/ देखाउने काम गर्दछन । मा फलाना नेताको मान्छे ? त्यति बेर सम्मा कुनै न कुनै नेता अथवा राजनैतिक व्यक्तिको उक्त गाडीलाईं छोडनु पर्यो मेरो मान्छे हो भन्ने फोन आईं आहल्छ । त्यस्ता भएमा कुनै व्यक्ती एक्कासी कुनै आपतकालीन परिस्थितिमा जानू पर्यो र हतार हतारमा गाडीको काजात बिर्स्यो भने ट्राफिक प्रहरी उक्त माथि विश्वास हुदैन ।

मजुदा समयमा हेर्दा के छ भने विधालय जाने विधार्थीहरु मोटरसाइकल मा विधालय आउने जाने गरेको रहेछ्न । सरकारी विधालयको विधार्थी हुन या प्राईवेट विधालयको विधार्थी हुन । सायद उक्त विधार्थीको घर परिवारलाई जानकारी छ/ छैन । सवारी चेक जाँच भनेको प्रहरी अथवा ट्राफिक प्रहरी को कमाईको जरिया होईन त्यो मात्र गाडी चलाउने जनताहरु को सुरक्षा निम्ति हो । हुन्छ कुनै कुनै प्रहरीले रु. १०,२०,५०,१०० ली आफ्नो गोजीमा राखी गाडी वालाहरुलाई छोडने गर्द्छन तर त्यति बेला दुबै जनाले जानी अनजानी गल्ती गरेको हुन्छन ।

आटोरिक्सा वालाहरु पनि कम छैन्न । जुन तरिकाले उनीहरु आटो कुदाउन्छन डरै लाग्छ । सम्बन्धित आटोमा सवारी भए पनि राम्रो तरिकाले कुदाउन्छ्न त्यो पनि क्षमता भन्दा बढी यात्रु बसालेर । तिनीहरु संग पनि चालक अनुमति पत्र छ/ छैन, गाडीको कागज छ/ छैन ? यी साना कुराहरु जनताहरुले आफै सोचनु पर्ने तर प्रहरी ले हाम्रो काम गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिका-१३ मा ...

ओम प्रकाश यादव लहान, २५ असार । लहान नगरपालिका-१३ पक्कीटोलमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी ...

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१