ताजा समाचार

दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्दै पिडित

  • जेठ १०, २०७९
  • १०६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , जेठ १०। दलित परिवारकाे सुनवाई प्रहरीले गर्दै न्यायका लागि भाैतारिरहेका पिडित परिवारले आराेप लगाएका छन । जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ९ बहादुरगंजकाे एउटा दलित परिवारकी युवती बिगत ढेड महिनादेखि बेपत्ता छिन प्रहरीले उजुरि लिन नमानेपछि हुलाकबाट उजुरि पठाइयाे तर पनि कुनै कार्यवाही नभएपछि ती युवतीका आमाबुवा अहिले महिला अधिकारकर्मीहरुलाई गुहार्न लागेका छन । घटना बैशाख १ गते राति लगभग १२ बजेतिरकाे हाे बहादुरगंजमा आफ्नै घरमा सुतिरहेको अवस्थामा दलित समुदायका संवारे हरिजनकी छाेरी २३ बर्षीय इन्द्रावती हरिजन (काल्पनिक नाम) हराएकी छिन ।

आमाबुवाले घटना लगत्तै इलाका प्रहरी कार्यालय बहादुरगंज र गणेसपुरमा निवेदन दिएका थिए । बहादुरगंज प्रहरीले सामान्य छलफल गरि घटनालाई साम्य बनाउने काेसिस गर्याे त्यसपछि गणेसपुर प्रहरी कार्यालय मा निवेदन दिंदा लिन मानेन्न त्यसपछि बहादुरगंज हुलाक कार्यालयबाट राजिष्ट्री गरिएकाे युवतीका बुवाले बताए । आफू पहुँच नभएकाे र दलित समुदायकाे भएकाले नै कसैले वास्ता नगरेकाे गुनासाे युवतीकाे आमाकाे भनाइ छ ।

न्यायका लागि पटक पटक प्रहरी कार्यालय पुग्दा ध्यान नदिएपछि पिडित आमाबुवालाई छाेरीकाे अवस्थाबारे जानकारी पाउने अधिकार रहेकाे र प्रशासनले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने महिला अधिकारकर्मी मिना परियारले बताउनुभयाे । पिडितले न्याय पाउनुपर्छ र त्यसमा प्रहरी , जनप्रतिनिधिहरुले सक्रियताका साथ लाग्नुपर्ने अधिकारकर्मी परियारकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤