ताजा समाचार

परियार मित्रता समाज कतारको चौथो अधिवेशन सम्पन्न

  • जेठ २, २०७९
  • २०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा कतार, १ जेठ परियार मित्रता समाज कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । समाजको अधिवेशनले सालिकराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा खोम बहादुर नेपाली, महिला उपाध्यक्ष उषा परियार, सचिवमा सुनिल परियार, सह सचिवमा महेश घेले, कोषाध्यक्षमा चेतन परियार, सहकोषाध्यक्षमा इन्दु सिवा चयन भएका छन् । यस्तै, सदस्यमा दीपक परियार र सगुन परियार रहेका छन् । पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले पद तथा गोपनीयताको शपथ गराएका थिए । विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न अधिवेशनमा पञ्चे बाजा आकर्षणको केन्द्र बनेको थियो । समाजका अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता तथा एनआरएनए आइसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अनिल परियारले सहजीकरण गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सालिकराम परियारले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤