ताजा समाचार

३ करोडको जग्गादाता विन्देश्वर साह हलुवाइको बुहारी उपाध्यक्षपदमा दिईन उम्मेदवारी

  • वैशाख २७, २०७९
  • १८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/२७ वैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एउटा यस्तो व्यक्ति विन्देश्वर साह हलुवाइ र उनका श्रीमती जसले समाजसेवाको रुपमा पछिल्लासमय अस्पतालका लागि जग्गा दान गरेका थिए, जसको मुल्य अहिले करिब ३ करोड हाराहरीमा पर्छ। समाजसेवा हेतु विन्देश्वर साहको बुहारी र आदित्य साहको धर्मपत्नी निर्मला कुमारी साहले लक्ष्मीपुर पतारी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिइएकी छिन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लक्ष्मीपुर पतारीबाट नेत्री निर्मला कुमारी साहले उम्मेदवारी दर्ता गराएकी छिन। नेत्री निर्मला कुमारी साहका अनुसार जनता तथा स्थानीयलाई हितकर हुने कार्य मेरो परिवारले गर्दै आउदा, यसपालिको स्थानीय चुनावमा उपाध्यक्ष पदमा निर्वाचित गराई हुन हार्दिक अनुरोध गरेकी छिन।

मलाई कुनै लोभ, लालच छैन , जनताको मतले जनसेवा गर्न चाहन्छु त्यसैले मलाई जिताउनु नेत्री निर्मला अपिल गरेकी छिन । नेत्री साहकी अनुसार अहिले लक्ष्मीपुर पतारी गाउँपालिकालाई नमुना उन्मुख पालिकामा बनाउन हामी तत्पर छौं । जनताले विजयी गराए, जनमतको जहिले पनि कदर गर्ने विकासको कामकाजमा अग्रनी भुमिका निर्वाह गर्ने बताइन् । अहिले पालिकामा ६ वटा वडाहरु पर्दछन ।वडा न.१ पिप्रा, वडा न. २ पर्सा पोखर्भिण्डा , वडा न.३ महेशपुर पतारी , ४ लक्ष्मीपुर , ५ खरुक्याही, ६ सितापुर गाउँहरु पर्दछन। यी वडाहरुबाट निकै मत पाउने नेत्री निर्मला कुमारी साहले आशा गरेकी छिन। नेत्री साहलाई अहिले पालिकाको ६ वटै वडाहरुबाट विजयी जीतको आशिर्वाद दिनेको सङ्ख्या बढदो रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤