Siraha Times
ताजा समाचार

शिर्षक:- बिहे पहिलेको प्रेम

  • वैशाख २६, २०७९
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कहाँबाट सुरु गरौं आज म आफ्नो कथा। मेरो हरेक अध्याय, हरेक खण्ड , हर अनुच्छेदमा तिमी छौ। तिमी चाहेर वा नचाहेर अटाएकी हुन्छौ, त्यसमा कुनै शंका छैन। तिमी मेरो जीवनको उत्तरार्धमा थियौ र पश्चिममा पनि हुनेछौ। जसरी सरगमबिना संगीत अधुरो छ, त्यसैगरी तिमी नभए अपूर्ण कथा बनेर म पनि हराउनेछु।कसैले तैँले किन त्यसको मतलब गरिस् भनेर तिमीलाई प्रश्न गर्नै सक्दैन। तिमी आफैँमा ढुक्क छ्यौ, अनि म तिमीमा। मेरो मायाको एउटा मात्र सहारा भनेकै तिमी हौ। मलाई थाहा छैन तिमिलाई कुन दिन देखि मन पराए, या भनौ माया गरे मैले। तर जुन दिन मलाई याद छ त्यो दिन मैले तिमीलाई पहिलो पटक देखेको थिए। देख्ने बित्तिकै मैले तिमीलाई यो मनभित्र बास दिइ सकेका थिए। अझ भनौ तिमिलाई मन बाटै आफ्नो बनाइ सकेका थिए। आखाले देख्यो मनले रोज्यो र मस्तिष्कले आफ्नो बनाउछु भनेर सोच्यो। मैंले तिमिलाई बाहेक कसैसँग आफुलाई कल्पना गरेर मात्र पनि हेरिन, कारण म तिमिलाई प्रेम गर्छु।

खुल्ला आकाश आेढेर सुस्ताउँदै थिए म घर बाहिरको चौतारोमा। एनटिसी नेटको धिमा गति सँगै म बाहिरी दुनियाँसँग अपडेट छुने प्रयासनस थिए। कोरोनाले गर्दा बिदा भएर घर फर्केको थिए। फेसबुकमा घोप्टिदा उसको मेरो फोटोमा रियाक्टले मोबाइलमा पिलिक्क बत्ती बालेको थियो। मेरो प्रत्येक फोटोमा रियाक्ट आउँथ्यो त्यही देखेर मैले उनलाई मेसेज गरे अनि त्यसपछि हाम्रो कुराकानी सुरु भयो। अचम्मको छ कसैसँग घनिष्ठ हुनलाई भेट हुनै पर्दैन। न त मायामा पर्नलाई प्रेमपत्र कोरिरहनु नै पर्छ। उनी प्रायः व्यस्त नै हुन्छे, सायद बार्है घण्टा या त्यो भन्दा पनि बढी। कामको बिचमा टुच्च म्यासेज आउथ्यो 'हेलो' भनेर। लगभग पाच फिट्ट हाराहारी की उनीलाई मैंले "भुटकी" भनेर बोलाउन धेरै दिन लागेन। भगवानले वौद्धिक उचाइ पुग्ने गरि दिएका छन। प्रायः केटीहरु या त सुन्दर हुन्छन् या त बुद्धिमति। उसमा दुवै गुण थिए। खोइ दोहोरो हो कि एकोहोरो हो हाम्रो घनिष्ठता अत्यन्तै घनिभुत भएको आभाष भैरहथ्यो मलाई।

मेरो नजरमा बेजोड सुन्दरता की नमुना हुन, आधुनिक सहरको आधुनिक ड्रेसअपमा जति खुल्दथी कुर्ती, सारी पहिरनमा झन धपक्कै बल्दथ्यो उसको रुपरंग। उसको हरेक फोटोलाई घण्टौ एकपटकले नियाल्ने बानी मेरो दैनिकी जस्तै भैसकेको थिए। "मेरो हातमा घडी हुदाँ हरेक पल तिमी मेरो समय बनेकी हुन्छौ। बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपनी सजाउन आएकी हुन्छौ। तिमिलाई पाएर म कुर्सीमा बिराजमान नेताभन्दा बढी खुसी छु।"

तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्र। मैले मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ। अनि अत्यन्तै प्रगाढ र गाढा। म तिमीप्रतिको प्रेमले मेरा हरेक अवयवहरुमा सीञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा। मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेको पनि छैन। मेरा लागि प्रेम आत्मिय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ। के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौ? तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई ? म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यही निस्वार्थ प्रेम गरिरहनेछु।

उही तिम्रो माया

अतुल पाठक (कपिलवस्तु)

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१