ताजा समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर वस ३३० ले गर्‍यो सफल उडान, आजदेखि आन्तरिक उडान १८ घण्टा

  • वैशाख १५, २०७९
  • १३६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भैरहवा / परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलता पूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो ।

विमान स्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाल लगाएतको उपस्थितिमा परीक्षण गरिएको हो ।

निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलले मनतव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलो पटक काठमाडौंबाहिर वाइडवडी विमानले उडान र अवतरण गरेको बताए । ‘यो परिक्षण गर्नका लागि डेमोन्स्ट्रेशन हो ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पाएका छौं’, उनले भने । ६४ वर्ष अघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यवसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ ।

विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चापला घट्ने र काठमाडौंको विकल्प बनेको विमान स्थलका महानिर्देशक अधिकारीले बताए । काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने छ’ उनले भने ।

आन्तरिक उडानमा ढिलाई हुँदा आजबाट आन्तरिक भैरहवा सहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौं सहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा संचालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।

पर्यटन सचिव महेश्वर न्यौपानेले सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए । परीक्षण उडानको क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समय पछि एप्रोनतर्फ ल्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤