ताजा समाचार

मावि पर्सा पोखर्भिण्डामा अमर्यादित एसइईसँगै सेटिङ्गमा परिक्षा सञ्चालित

  • वैशाख १५, २०७९
  • १३५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१५ बैशाख। सिराहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर २ मा अवस्थित श्री जनता माध्यमिक विद्यालय पोखरभिण्डा पर्सामा एसइई परीक्षा सञ्चालन दिनदेखि नै व्यापकरुपले अमर्यादित परीक्षा सञ्चालित रहेको पाइएको छ। मावि पोखरभिण्डामा सञ्चालित एसइई सेटिङ्ग र अमर्यादित भएको भन्दै जनगुनासो आएपछि बुधबार पत्रकार विनोद मण्डल र विसुनदेव सरदार अनुगमन गर्न पुगेको थियो । मावि पोखरभिण्डाका प्रधानध्यापक पशुपति साहले पत्रकारलाई विद्यालय परिसरमा छिर्न नदिएपछि पत्रकार विनोद मण्डलले सिराहाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई फोनसम्पर्क गरेपछि मात्र बाहिर र भित्र अनुगमन गरेका थियोे ।

अनुगमन गर्नुपुर्व ५ मिनेटमा सबैसत्रक भएका थियोे। परिक्षा हलमा पुग्ने बितिक्कै धेरैको हात नचलेको देखियो सँगै धेरैले मुखदर्शक बनेका थियोे । विद्यार्थीले गर्ने चोरीको सीमा हुन्छ , यस्तो न कि पुरै खुल्मखुल्ला । भोखरभिण्डा मावि मात्र होइन, दक्षिणी भेगका माध्यमिक विद्यालयहहरु मावि बेतहा भवानीपुर, मावि सुखिपुर , मावि कजरा जिझौल, जनता न्नद ललिता मावि लक्ष्मीपुर पतारी लगायतका सेन्टरहरुमा पुरै सेटिङ्ग मिलाइएको पाइन्छ । यस विषयमा परिक्षार्थीहरुलाई परीक्षा के कस्तो सञ्चालनबारे बुझ्दा धेरै विद्यार्थीका अनुसार खुलमखुल्ला लेखिएको पाइयो । यस विषयमा निकाय कडा रुपमा प्रस्तुत हुने अति आवश्यक छ। यता शिक्षाको स्तरमा सुधार अति आवश्यक हुनुपर्ने कुरा चौतर्फी चर्चामा आएको छ किन अनुगमन टोलीलाई रोक ? मतलब साफ छ, जहाँ होडबाजी, अमर्यादित तरिकाले मोबाइल र चिटिङ्ग प्रयोग भएको अनुमान लगाउन सकिन्छ । यसअघि प्रमुख जिल्ला अधिकारीको टोलीले ८५ विद्यार्थी , केन्द्राअध्यक्ष , गार्डलाई कार्वाहीमा ल्याएका हुन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤