मावि पर्सा पोखर्भिण्डामा अमर्यादित एसइईसँगै सेटिङ्गमा परिक्षा सञ्चालित

  • वैशाख १५, २०७९
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१५ बैशाख। सिराहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर २ मा अवस्थित श्री जनता माध्यमिक विद्यालय पोखरभिण्डा पर्सामा एसइई परीक्षा सञ्चालन दिनदेखि नै व्यापकरुपले अमर्यादित परीक्षा सञ्चालित रहेको पाइएको छ। मावि पोखरभिण्डामा सञ्चालित एसइई सेटिङ्ग र अमर्यादित भएको भन्दै जनगुनासो आएपछि बुधबार पत्रकार विनोद मण्डल र विसुनदेव सरदार अनुगमन गर्न पुगेको थियो । मावि पोखरभिण्डाका प्रधानध्यापक पशुपति साहले पत्रकारलाई विद्यालय परिसरमा छिर्न नदिएपछि पत्रकार विनोद मण्डलले सिराहाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई फोनसम्पर्क गरेपछि मात्र बाहिर र भित्र अनुगमन गरेका थियोे ।

अनुगमन गर्नुपुर्व ५ मिनेटमा सबैसत्रक भएका थियोे। परिक्षा हलमा पुग्ने बितिक्कै धेरैको हात नचलेको देखियो सँगै धेरैले मुखदर्शक बनेका थियोे । विद्यार्थीले गर्ने चोरीको सीमा हुन्छ , यस्तो न कि पुरै खुल्मखुल्ला । भोखरभिण्डा मावि मात्र होइन, दक्षिणी भेगका माध्यमिक विद्यालयहहरु मावि बेतहा भवानीपुर, मावि सुखिपुर , मावि कजरा जिझौल, जनता न्नद ललिता मावि लक्ष्मीपुर पतारी लगायतका सेन्टरहरुमा पुरै सेटिङ्ग मिलाइएको पाइन्छ । यस विषयमा परिक्षार्थीहरुलाई परीक्षा के कस्तो सञ्चालनबारे बुझ्दा धेरै विद्यार्थीका अनुसार खुलमखुल्ला लेखिएको पाइयो । यस विषयमा निकाय कडा रुपमा प्रस्तुत हुने अति आवश्यक छ। यता शिक्षाको स्तरमा सुधार अति आवश्यक हुनुपर्ने कुरा चौतर्फी चर्चामा आएको छ किन अनुगमन टोलीलाई रोक ? मतलब साफ छ, जहाँ होडबाजी, अमर्यादित तरिकाले मोबाइल र चिटिङ्ग प्रयोग भएको अनुमान लगाउन सकिन्छ । यसअघि प्रमुख जिल्ला अधिकारीको टोलीले ८५ विद्यार्थी , केन्द्राअध्यक्ष , गार्डलाई कार्वाहीमा ल्याएका हुन।

प्रतिक्रिया दिनुहोस

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

अर्नमा गाउँपालिकाले ...

ओम प्रकाश यादव, लहान जेठ ३ । अर्नमा गाउँपालिका, सिरहाले आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो ११औँ गाउँ ...

ल.ना.कौ.ज.मा.वि. नहर ...

ओम प्रकाश यादव लहान जेठ २ । शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुशासित र सकारात्मक पठनपाठन वातावरण निर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१