विसुनदेव सरदार/सिरहा/बैशाख २ गते। सिरहाको दक्षिणी सिमावर्ती राजमार्ग देखी १० किलोमिटरमा पर्ने लक्ष्मीपुर- पतारी गाउँपालिकामा आज पतारी मेलाको आयोजना भएको छ। उक्त मेलामा नि:सन्तान अर्थात बाँझ महिलाहरूले आज सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला लागिएको हो । प्रत्येक वर्ष बैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुवकी लगाई स्नतान प्राप्तिका लागि राजा हर शिँह देव ठाकुर ( बाबा ) सित कामना गर्नेछ । पोखरीमा डुवकी लगाउने छ, पहिलो डुवकीमा , जे आउँछ सर्प , ढुङ्गाा , माटो , डोकासितुवा इत्यादि द्वारा सन्तान प्रप्ति हुने र भइरहेको जनविश्वास रहेको छ।

मेला प्रसिद्ध भएकाले भारतको दरभंगा , पटना , जयनगर , लदनियाँ , खुटौना सम्मको मान्छेहरुको घुईँचो रहेको छ। राजा हर शिँह देव ( बाबा ) शक्तिशाली भएकाले मेला बाहेकका दिनहरूमा मन्दिरमा पुजापाठ गर्नेहरुको भिड रहेको पुजारी बाबाले भनेका छन। धेरै दिन पहिला भाडा बर्तन निस्कन्थे , त्यहीँ भाडाबर्तनमा बैयल गाडी बालाहरुले खाना बनाएर खाएर फेरी पतारी पोखरीमा राख्थे भन्ने जनविश्वास रहेको छ। आज जुड शितल आरोग्य, शितलता र दीर्घायु जीवनका लागि ठुलोले सानोलाई टाउकोमा पानी हालेर दीर्घ जीवनको कामना गरेको छ। मिथिलाञ्चलमा आफुभन्दा कनिष्ठलाई जुडाउने उक्त पर्वले उष्णप्रदेशमा शीतलता प्राप्तिको दर्शाउँछ भने रुखविरुवामा जलप्रवाह गर्ने प्रक्रियाले वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध उराउँछ ।
प्रतिक्रिया दिनुहोस
रास्वपाको प्रथम ऐतिहासिक सिरहा जिल्ला अधिवेशन : नयाँ राजनीतिक संस्कारको अपेक्षाबीच नेतृत्वको व्यवहारमाथि प्रश्न
उच्च शिक्षामा नेतृत्व, उद्यमशीलता र उद्योग–शिक्षा सहकार्यको बहस : जे.एस. मुरारका क्याम्पसको राष्ट्रिय सम्मेलन सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic