ताजा समाचार

सिरहा जिल्ला कारागारमा लाहानको कामना नर्सिङ होम द्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • चैत २८, २०७८
  • १२९४ पटक पढिएको
  • रामएकवाल राम
alt

सबिन यादव

सिरहा। सिरहा जिल्लाकाे कारागार सिरहामा कैदीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । 

सिरहा कारागारमा लहानस्थित रहेको कामना नर्सिङ होम प्रा.लि. ले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी कैदीहरुलाई स्वास्थ्य चेकजाँच गरेको हो । जिल्ला कारागार सिरहामा शनिबार बिहानको १० बजे देखी सुरु गरिएको शिविर बेलुकाको ५ः३० बजे सम्म चलेको थियो । कैदीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी कामना नर्सिङग होमले कारागार भित्र अनुमति लिएर स्वास्थ्य शिविर सम्पन्न गरेको सँचालक ब्रिदेव महतोले बताए । 

सिरहाको लाहानमा अव्यवस्थित कामना नर्सिङ होमा प्रा.लि. का डा. रितेश कुमार गिरि (ईन्टरनल मेडिसिन) , डा. विनोद कुमार सिंह (हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ) डा. राम चरित्र महतो (फिजिशियन, डा. राम आशिष चौधरी (फिजिशियन) लगायतका टिमले चेकजाँच गरेको थियो । कारागारमा सम्पन्न भएको शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । औषधि वितरणको लागि कामना नर्सिङ होमका कर्मचारी चन्द्र किशोर यादव ,आर्ती खड्का , अशोक श्रेष्ठले सहयोग गरेका थिए । 

शिविरमा कारागार सिरहामा रहेका कैदी कुल ६ सय २५ मा महिला पुरुष कैदीले लाभ उठाएको बताइएको छ । जसमध्ये छाला रोग सम्बन्धि ७४ जना , हाडजर्नी तथा नशा रोग ६६ जना र विभिन्न राग जस्तैः डाइबेटिज, ब्लड प्रेसर , कमजोरि महसुस हुनु, जरो, आदिमा १६० जनाले चेकजाँच गराएको अस्पतालका संचालक महतोले जानकारी दिए । 

सिरहा कारागारमा पटक पटक शिबिर गरि कैदीहरुलाई चेकजाँचमा सहयोग गर्दै गरेको कामना नर्सिङ होमका अस्पताल प्रशासन प्रमुख रोशन कुशवाहाले जनाए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤