सिरहा जिल्ला कारागारमा लाहानको कामना नर्सिङ होम द्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • चैत २८, २०७८
  • ११७९ पटक पढिएको
  • रामएकवाल राम
alt

सबिन यादव

सिरहा। सिरहा जिल्लाकाे कारागार सिरहामा कैदीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । 

सिरहा कारागारमा लहानस्थित रहेको कामना नर्सिङ होम प्रा.लि. ले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी कैदीहरुलाई स्वास्थ्य चेकजाँच गरेको हो । जिल्ला कारागार सिरहामा शनिबार बिहानको १० बजे देखी सुरु गरिएको शिविर बेलुकाको ५ः३० बजे सम्म चलेको थियो । कैदीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी कामना नर्सिङग होमले कारागार भित्र अनुमति लिएर स्वास्थ्य शिविर सम्पन्न गरेको सँचालक ब्रिदेव महतोले बताए । 

सिरहाको लाहानमा अव्यवस्थित कामना नर्सिङ होमा प्रा.लि. का डा. रितेश कुमार गिरि (ईन्टरनल मेडिसिन) , डा. विनोद कुमार सिंह (हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ) डा. राम चरित्र महतो (फिजिशियन, डा. राम आशिष चौधरी (फिजिशियन) लगायतका टिमले चेकजाँच गरेको थियो । कारागारमा सम्पन्न भएको शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । औषधि वितरणको लागि कामना नर्सिङ होमका कर्मचारी चन्द्र किशोर यादव ,आर्ती खड्का , अशोक श्रेष्ठले सहयोग गरेका थिए । 

शिविरमा कारागार सिरहामा रहेका कैदी कुल ६ सय २५ मा महिला पुरुष कैदीले लाभ उठाएको बताइएको छ । जसमध्ये छाला रोग सम्बन्धि ७४ जना , हाडजर्नी तथा नशा रोग ६६ जना र विभिन्न राग जस्तैः डाइबेटिज, ब्लड प्रेसर , कमजोरि महसुस हुनु, जरो, आदिमा १६० जनाले चेकजाँच गराएको अस्पतालका संचालक महतोले जानकारी दिए । 

सिरहा कारागारमा पटक पटक शिबिर गरि कैदीहरुलाई चेकजाँचमा सहयोग गर्दै गरेको कामना नर्सिङ होमका अस्पताल प्रशासन प्रमुख रोशन कुशवाहाले जनाए ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१