दोहा ( कतार) - मधेश प्रदेश समन्वय परिषद कतार द्वारा नव वर्ष को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ्। संस्थाको संस्थापक कार्यबाहक अध्यक्ष दुर्गानन्द पासवानको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा एनआर एन कतारका सचिव रविन मगर रहनु भएको थियो बिशिस्ट अतिथिमा समाजसेवी मनीष यादव,प्रवासी नेपाली मंन्च कतारका चानक पोखरेल,जन सम्पर्क समिति कतारका सह महामन्त्री भुवन साउद, नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तमाङ, नेपाली महिला समाज कतारकी अन्जिला देवकोटा,जनप्रगतिशील मन्च कतारका राजेन्द्र देवकोटाको समेत कार्यक्रममा उपस्थिति रहेका थिए ।
मधेश प्रदेश समन्वय परिषद कतारका मंहा सचीव शिव कुमार महतो रहेका विभिन्न संस्थाका सल्लाहकार र अध्यक्ष तथा प्रतिनिधि समाजसेवी,बुद्धिजीवी,कलाकार,पत्रकार लगायतका प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि कलाकार दिलिप मण्डलले मातृभुमी रास्ट्रप्रति समर्पित गीत" विन्ती छै सब नेपाली भैया आउर भाईके किया कनबै छह तु सब नेपालमाईके बोलको गीतमा प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घोषक शिव कुमार महतोले गर्नु भएको थियो । कार्यक्रम संचालक स्वरको धनी र बहुप्रतिभा साली ब्यक्तित्व महतोले कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए । नेपालको नयाँ वर्ष २०७९ तथा मुस्लिम समुदायहरुको महाँन पर्व रमजानको अनेकन शुभकामना दिदै मधेश लगायत नेपालमा बेरोजगारी तथा कुरीति अन्त र उन्मुलनको विषयमा जोड दीएका थिए ।
कतारमा श्रम गर्न आउने श्रमिकलाई जानकारी नभएका समस्यामा परेको ब्यक्तीहरुलाई उद्दार गर्ने काम निकै बर्ष अगाडि देखि नै सहयोग गर्दै आएका संस्था हुन् । समस्यामा परेका ब्यक्तीहरुलाई उदार गर्न अहोरात्र खटिरहेका छन् । आफू जिवनो प्रान्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । हेल्प मधेशका उपाध्यक्ष विशेश्वर प्रसाद यादव ,नेपाल मुस्लिम समाज कतारका सद्दाम हुसेनका अनुसार मधेशमा ८ जिल्ला मात्रै न भई २२ जिल्ला मधेस अन्तर्गत पर्ने गरेको उनले चर्चा गरेका थिए। २२ जिल्ला मध्येका सम्पुर्ण मधेशीश्रमिकका लागी आफु कहिल्यै पछि नहटने ठाेकुवा गर्नु भयो । मधेशीहरु कतारमा कुनै पनी बर्ग समुदायका बिरोधी होइन भन्दै आफ्ना भनाई राखेका थिए ।
नेपाली समाज कतारका अध्यक्ष तेज मुक्तानका अनुसार मधेशी को र पहाड़ी को हिमाली को हो जसलाई थाहा नै छैन उसलाई के थाहा मधेशको बारेमा मधेश भनेको एक नेपालको अभिन्न अंग हो यदि मधेश र मधेशी नभएको भए नेपाल कहा हुन्थियो साशकहरुलाई स्मरण रहोस की जसलाई हामी मधेशी भनी अपमान जनक व्यवहार गर्छौ खासमा उनीहरु नै देशका सचा नेपाली हो किनकी जब केही बिरोधीहरुले हामी मधेशीलाई मधेशी भनी संबोधन गरिरहदाँ मेरो मुटू दुखेको महसूस मैले गरेको सुनाईन। बिचार गर्नुपर्ने कुरा जब की नेपाल को रक्षक भनेको हामीले नेपाली सैनिक या त नेपाल प्रहरीलाई अनेकौ हत्तियार दिएर पनी नेपालको रक्षा गर्ने समर्थ छैन तर त्यही ठाउ बिना हत्तियार सीमा रक्षा गर्ने मधेशीलाई जब अपमान जनक सब्दले सम्बोधन अतुलनीय रहेको उनले दुःख पोखेका थिए। हामी सबै एक छौ र पो हामी नेपाली छौ नभए केको नेपाल कहा को नेपाल भनी शुभकामना दिएका थिए ।शुभकामना क्रममा मैथिलि कवी राम अधीन यादव भनिने राम अधिन सम्भव ले आफ्नो मिठो प्रस्तुति दिएर शुभकामना दिए ।
"गजल"
अहाँ चाहुँ नहि चाहुँ हजुर मरही परत
अधिकारके बात छै हजुर लड़ही परत
दुगो नाउ प' पैर धक' पार होबै कोना
एम्हर आ ओम्हर निर्णय करही परत
इ जे खधिया छै हमरा अहाँ बिचमे
आब राखब कहिया तक, भरही परत
राष्ट्रवादी कोइ चमरीसँ नै होय छै
राष्ट्रियता के परिभाषा गड़ही परत
उड़बाक अछि उड़ु, अहाँ नतांश तक
मुदा याद राखु, जमीन प' झरही परत
प्रस्तुत गरेर शुभकामना दिएका आयोजक कमिटीले जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस