ताजा समाचार

छोराछोरी बिच भेदभाव गर्न नहुने :- प्र. प्रशासकीय अधिकृत ढकाल

  • चैत २०, २०७८
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र २० कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समुहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ l संचारीका समुहकी अध्यक्ष पार्वती आचार्यको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, विशिष्ट अतिथि संचारीका समुह लुम्बिनी प्रदेश नि वर्तमान अध्यक्ष अध्यक्ष पार्वती पाण्डेय, अतिथिमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कृष्णनगर का सामाजिक परिचाल तापस मिश्र, सामाजिक परिचालक शुष्मा विश्वकर्मा रहेका थिए l

कार्यक्रमको औपचारिक उद्घाटन कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल ले गर्नुभयो साथै स्वागत मन्तव्य संचारीका समुहकी महासचिव शारदा केसी ले गरिन l कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै छोरा छोरी बिच भेदभाव गर्न नहुने, कोशोर अवस्था परिवर्तनको अवस्था रहेकाले अभिभावक हरू ध्यान दिनुपर्ने, अगामी बजेटमा किशोर किशोरी कार्यक्रम हरू योजनामा बढी समावेश गरिने बताउदै आफ्नो छोराछोरी तथा वातावरणीय सरफाइमा समेत ध्यान दिन अभिभावक संग आग्रह गर्नुभयोl कार्यक्रममा सहजीकरण संचारिका समुहकी सल्लाहकार निशा विश्वकर्मा ले गरिन l कार्यक्रममा ५० जना भन्दाबढीको सहभागिता रहेको थियो l कार्यक्रम संचालन संचारीका समुहकी कोषाध्यक्ष संगिता भुषालले गनुभयो l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤