Siraha Times
ताजा समाचार

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम नगर अधिवेशन कृष्णनगरमा सम्पन्न

  • चैत १९, २०७८
  • १२०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर चैत्र १९ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) कृष्णनगर नगर कमिटी उपाध्यक्ष महताब आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका राष्ट्रीय अध्यक्ष सेराज अहमद फारूकी, विशिष्ट अतिथिमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहम्मद मुस्तफा , अतिथिमा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल, वडाध्यक्ष सगीर अहमद खा, दयानन्द त्रिपाठी, मोहम्मद माबुद खा , मनोज जयसवाल, के के गुप्ता, अब्दुल नबाब शाह लगायत रहनुभयो l

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि फारूकी ले इत्तेहाद संगठनको हकहितका लागि आफू सधै तयार रहने बताउदै आउने स्थानीय चुनावमा सबै मिलेर पार्टीलाई जिताउने अभियानमा युवा हरूको भूमिका महत्वपूर्ण हुने बताए l नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी अध्यक्षमा समसुल हुदाँ, उपाध्यक्षमा अब्दुल कलाम खान, सचिवमा सर्फराज खान, सह सचिवमा समसुद्दीन नाउ, कोषाध्यक्षमा मकबुल आलम जिलानी, सदस्यमा कैफ खान लगायत ५१ सदसीय कमिटी सर्व सम्मत गठन गरिएको जानकारी नेकपा एमालेका युवा नेता हैदर अलिले जानकारी दिनुभयो l कार्यक्रम समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष महताब आलम खा ले नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी नव गठितका पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आ आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्न जानकारी दिए l कार्यक्रम संचालन नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगले गर्नुभयोl

 

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१