धरहरा बनाएकोमा गर्व छ, अव जनकपुरधामको सेवा र विकास पनी गर्छु: बलराम महतो

  • चैत १६, २०७८
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभाष यादव ,काठमाडौं चैत्र १६ म एक निर्माण व्यवसायीको हैसियतले देशकै महत्वकांक्षी र गौरवको आयोजना धरहरा निर्माण गरें उनले भने, ‘देशैभरिबाट तारिफ र प्रशंसा छ अव म आफनो गाँउ ठाँउको सेवा गर्न चाहेको छु ।’ घरहरा बनाउने अवसर पाउँदा स्वयम गौरवान्वित भएको उनको भनाई छ । त्यस अवसरका लागि देशका शिर्षनेताहरु प्रति उनले धन्यवाद समेत ज्ञापन गरेका छन् । जसरी काठमाण्डौंवासीहरुको सहयोग र सदभावले धरहरा ठडयाए अव सेवामुलक हिसावले जनकपुरधामवासीहरु संग मिलेर सवैसंग हातेमालो गर्दै विकासको काम गर्ने सोच छ । जनकपुरधामको अगुवाई गर्ने पार्टीहरुले विश्वास गरे उनीहरुबाटै चुनाव लड्ने नभए जनताको भावना अनुसार कुनै निर्णय गर्ने सोचमा छन महतो । मेरो एक निर्माण व्यवसायीको परिचय छ, मैले राम्रो काम गरेकै कारण पनि म सफल भएको छु तर अव विसुद्व रुपमा समाजसेवा गर्न चाहन्छु उनले बताए । आफुलाई ठेकेदारको रुपमा मात्र हेरेर व्यवहार भए काम गर्न समस्या हुने उनको तर्क छ । निर्माण व्यवसायीको रुपमा छोराहरु रमन र पवन सफलता पुर्वक अगाडि बढिरहेकाले आफु अव आफनो मातृभुमिको सेवामा लाग्ने इच्छा उनले जाहेर गरेका छन् । जनकपुरधामको अगुवाई गरिरहेको पार्टीले टिकट दिए चुनाव जित्न र काम गर्न पनि सजिलो हुने भएकाले त्यसका लागि पहिलो प्रयत्न गर्ने र नभए जनता माथी छाडने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१