ताजा समाचार

सांसद प्रदीप यादवमाथिको कारवाही फुकुवा

  • चैत १३, २०७८
  • ८६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज, चैत्र ।जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ । जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो । जसपा केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पर्सा जिल्लाबाट प्रतिनिधिसभामा सांसद समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो । सत्ता गठबन्धनमा उनलाई मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए । यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤