नेपालको हातीबेच्ने पर्साका हातीसहित ३ जना नेपाल प्रहरीको हिरासतमा

  • चैत १२, २०७८
  • १०२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा १२ चैत ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हातीसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले हात्तीसहित माउते भरतपुर महानगरपालिकाको वडा १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का माउते सोही ठाऊ बस्ने ४० बर्षिय राजु कुमाल र हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका वडा न ५ सबैठवा बस्ने सफरोज आलमलाई पक्राउ गरेको हो। नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लगिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाको कमांडमा खटेको टोलीले तीनै जनालाई पकहा मैनपुर गाउँपालिकाको वडा न ५ पोखरिया टोलबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ परेका हात्ती र मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने खनालले बताए।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१