ताजा समाचार

गुणस्तरहीन मारुती सिमेन्टमा कालोबजारी बढदो

  • चैत ११, २०७८
  • १४७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार लहान/ ११ चैत। सिरहाको चन्द्रउदयपुरमा सिमेन्ट उत्पादन गर्ने एउटा उधोग छ। त्यो हो मारुती सिमेन्ट फ्याक्ट्री र यस फ्याक्ट्रीमा बढ्दो लापरबाही देखिन्छ । गुणस्तरहीन मारुती सिमेन्टमा कालोबजारी अहिले कालोबजारी क्रम बढ्दो देखिन्छ । खासगरी कर्मचारीको लापरबाहीले गर्दा सिरहाका धेरैजसो थोक तथा खुद्रा बिक्रेताका पसलहरुमा अनुगमन गर्दा मारुती सिमेन्टमा बढदो कालोबजारी भइरहेको छ। सिरहाको सुखिपुर बजार, छपराडी बजार , रामपुरबजार , भोटियाटोल , लहान लगायतका स्थानहरूमा बढ्दो कालोबजारीको सिमा नाघिएको अवस्था छ। यी स्थानहरूमा कतै ७२०/ ७१०/७८०/७६०/७३० गरि बिक्री वितरण गरिएको अवस्था छ।

Open photo

यो सँगै मारुती सिमेन्ट उधोगले उत्पादन गर्ने ५३ ग्रेड ओपीसी सिमेन्टलाई नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ। आफुले उत्पादन गरेको सिमेन्ट यस्तो प्रमाण पाउने नेपालकै पहिलो भएको सो उधोगले दावी गर्छ। तर, गुणस्तर चिन्ह दिएका निकाय नापतौल विभाग नै मारुती सिमेन्ट लिमिटेडसँग हैरान भइरहेको छ। कारण हो- बजारमा गुणस्तरहीन सिमेन्ट भेट्नु।एक, दुई तीन पटक मात्र होइन - मारुती सिमेन्ट बारम्बार कार्वाही भोग्दा पनि न सिमेन्टको गुणस्तर सुधार्छ, न त सरकारी नियमको आदेश पाल्ना गर्छ। गत पछिल्लासमय फाल्गुन १५ गते मारुती सिमेन्ट उधोगमा मार्केटिङ म्यानेजर मनोज श्रेष्ठको लपर्वाहीले गर्दा एक मजदुरको मृत्युु भएको थियोे ।

Open photo

मारुती सिमेन्ट खरिदविक्री गर्दा मात्र होलसेल डिलरलाई दिने गरेको छ। तर, सर्वसाधारण जनता घर बनाउनका निम्ति सिमेन्ट लिन जादा बिक्री गरिदैन्न। मतलब साफ छ यहाँ कमिसनको चलखेल भएको छ। मारुती सिमेन्टका मार्केटिङ म्यानेजर मनोज श्रेष्ठले प्रति बोरा सिमेन्टमा १०० भन्दा बढी मुनाफा लिने गरेको छ। समुदाय स्तरमा कलकारखाना हुनु , सबैमा खुसियाली हुन्छ । तर मार्केटिङ म्यानेजर मनोज श्रेष्ठको कर्तुतले गर्दा घर बनाउने सर्वसाधारण तथा स्थानीय सास्ती खेप्नु परेको अवस्था छ। फोनमा स्थानीय तथा जिल्लाबासि जो कोही फोन गर्दा सर मलाई उचित दाममा मारुती सिमेन्ट मिलाई दिन अनुरोध गर्दा असभ्य / अपाच्य शब्द प्रयोग गरिएको लक्ष्मीपुर पतारीका एक स्थानीयले बताएका छन।

Open photo

यस अधि पनि सरकारले मारुती सिमेन्ट फ्याक्ट्रीलाई गुणस्तरीय हीन पाउदा इजाजत रद्द गरिएको थियोे । यो सँगै केही यता र पछिल्ला समयमा पनि मारुती सिमेन्ट फ्याक्टरीमा बढदो लापरबाहीले गर्दा ज्यान गुमाउने क्रममा बढ्दो देखिन्छ । यी र यस्ता बढ्दो लापरबाही र मारुती सिमेन्टमा हुने बढ्दो कालोबजारीले गर्दा स्थानीय तथा सर्वसाधारण किसान वाकिब भएकोमा म्यानेजर मनोज श्रेष्ठलाई हदैसम्म कार्वाहीको दयारामा ल्याउने अवस्था देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤