ताजा समाचार

सिरहाको सुखीपुरमा श्री सत्यचण्डी महायज्ञको भब्य आयोजना

  • चैत ७, २०७८
  • १४९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ चैत - सिरहाको धनगढीमाई नगरपालिका र सुखीपुर नगरपलिकामा भब्य श्री सत्यचण्डी महायज्ञको आयोजना हुने भएको छ्। श्री श्री १०८ श्री सत्यचण्डी महायज्ञ मुल समितिले यज्ञको आयोजना गरेको छ।भारतको उतराखण्ड अयोध्या,बिन्दावन,कासी लगायत नेपालको संन्त मुनी महात्माहरुको यज्ञमा उपस्थिति रहने यज्ञ समितिको अध्यक्ष धनी राम महतोले जानकारी दिनुभयो। यज्ञमा कथा वाचन भगवत पूराण रामलिला नृत्य तथा कथा प्रवचन लगायत झुला मोतकुवा,डान्स लगायतका सांस्कृतिक प्रोग्रामहरु हुने समितिका उपाध्यक्ष चन्द्र शेखर यादवले जानकारी दिनु भयो।यज्ञमा सहभागी भई सम्पुर्ण जनसमुदायमा धर्म पुन्यको लाभ उठाउन यज्ञ समितिका सल्लाहकार राम गणेश यादवले बताए।यज्ञ आर्म्भ २०७८ चैत १८ गतेदेखि सुरु हुने र कलश यात्रा चैत १८ गते बिहान ८ बजे देखि सुरु हुने यज्ञ कर्ता मोनी बाबा महराज कमख्या सिद्धि नागा बाबाले बताए। यज्ञ बिशर्जन ।

यज्ञ कर्ता बाबा भारतको हरिद्वार उतराखण्डका हुन् स्थानीय समितिका कोषा अध्यक्ष दिपेन्द्र सिंहले जानकारी दिनुभयो।यज्ञमा पुजा हरण काशीको पंडित तथा आचार्यद्वारा भागवत गिता कथा बिन्दावनको श्री किशोरी जी महराज रामलिला अयोध्याको श्री मान्यवर मनोज झा द्वारा रामलिला हुने भएको छ। यज्ञ बिशर्जन चैत २६ गते हुने सचिब दिपिन यादवले जनाए। उक्त स्थानमा प्राचीन कालदेखि गडिमाई स्थानको शक्तिशाली मन्दिर रहेको स्थानीय पत्रकार बिरेन्द्र बिरु यादवले बताए। उक्त स्थानमा देबहाट लागने गरेको गरेको र देउताहरुले एक ठाँउ एक अर्का संग भेट्गर्ने गरेको स्थानीयको भनाई छ। यज्ञमा मधेस प्रदेशको मानिय सुनिता राम मोची र नेपाली काङ्ग्रेसका युवा नेता दुर्गा भने दुरेन्द्र यादवले लगायतका स्थानीयहरुको आर्थिक सहयोगमा यज्ञ आर्म्भ हुने भएको छ। यज्ञमा स्थानीय समाज सेवी राम गणेश यादव र दिपेन्द्र यादवको विशेष पहलमा यज्ञ हुने भएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤