चेकजाँचकोक्रममा पेष्तोल सहित एकजना नियन्त्रणमा
- चैत ४, २०७८
- ६९२ पटक पढिएको
- सिरहा टाइम्स
हर्षित नेपाल साप्ताहिक पत्रिका लहान, फागुन ३ गते । सिरहा जिल्लाको धनगढिमाई नगरपालिका वडा नं.११, आँप चौकस्थित ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले BR 32 AB 0449 को मोटरसाईकललाई चेकजाँच गर्नेक्रममा जिल्ला सिरहा धनगढिमाई नगरपालिका वडा नं. ११ आँप चौक बस्ने अं.बर्ष ४२ को ब्रमदेव यादवको साथबाट Made In Italy लेखिएको पेस्तोल थान–१,पेस्तोलको गोली ५राउण्ड, म्याग्जिन थान – १ र मोबाईल थान–१ सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ ।