ताजा समाचार

दुई दिने महुली लघुबितको वार्षिक समिक्षा गोष्टि सम्पन्न

  • चैत ३, २०७८
  • ९८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ चैत - महुली लघुबित बितय संस्थाद्वारा लहान सखाको वार्षिक समिक्षा गोष्टि सम्पन्न भएको छ। अलहान सखामा १७९ केन्द्रहरु रहेका छन् भने २३९० सदस्यहरु रहेका छन्। उक्त संस्थाले प्रत्येक बर्ष कार्यलाई लेखा जोखा गर्न केन्द्र प्रमुख र उप- प्रमुखहरुसंग वार्षिक समिक्षा कार्यक्रम गर्ने गरेका छन्। केन्द्र प्रमुख अनिता चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने महुली लघुबित बितिय संस्था लिमिटेडको केन्द्रिय कार्यालयका कर्जा बिभागका प्रमुख ललित प्रसाद चौधरी रहनु भएको थियो।प्रमुख अतिथि चौधरीका अनुसार संस्थाको नितिनियम तथा कर्जा र ऋण प्रवाहको विषयमा प्रकाश पारेका थिए।

उक्त दुई दिनको वार्षिक समिक्षाबाट ४ वटा केन्द्रलाई कामको अधारमा उत्कृष्ट घोषणा गर्ने गरेका छन्। लहान नगरपालिका १७ गोबिन्दपुरका बलान माँता महिला बिकास केन्द्रले प्रथम भएका थिए। केन्द्र प्रमुख अनिता चौधरी र उप प्रमुख रम्भा चौधरी लाई पुरस्कार सवरुप नगद ४ हजार प्रमाणपत्र सहित संस्थाले समान गरेका थिए। दोस्रो हुनेमा लहान १५ बानोका सपना महिला बिकास केन्द्रका प्रमुख नबिला चौधरी र उप प्रमुख पल्टि देबी चौधरीलाई नगर २ हजार प्रमाणपत्र सम्मान गरीएका छन्।

त्यसैगरी तेस्रो हुनेमा लहान १५ बिरनगरका पुजा महिला बिकास केन्द्र प्रमुख श्याम कुमारी चौधरी र उप प्रमुख कैलाश देबी चौधरीलाई पुरस्कार सवरुप नगद २ हजार र प्रमाणपत्र सहित सम्मान गरेका थिए। साथै लहान २२ बेलिका कल्यान्दह महिला बिकास केन्द्रले चौथो स्थान हासिल गरेका छन्। संस्थाले केन्द्र प्रमुख आशो देबी चौधरी र उप प्रमुख चौरासी देबी चौधरीलाई संस्थाले नगद १०० हजार र प्रमाणपत्र सहित सम्मान गरीएका छन्। कार्यक्रममा भगवानपुर सखाको प्रबन्धक ताराकान्त चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए। लहान सखाको प्रबन्धक सन्तोष यादवले कार्यक्रम संचालन र स्वागत मन्तब्य राखेका थिए।

देशलाई आर्थिक समृद्धि तिर लान र समाजमा निकै भुमिका खेलीरहेका लहान सखाको प्रबन्धक संतोष कुमार यादवले बताए।हामीले गरिब दलित र पिछडिएको समुदायहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गर्ने गरेका छौँ। र ऊनीहरुलाई बचत गर्ने बानीको समेत बिकास गरी आर्थिक सवल तिर अगाडि बढाउने र बैंकक संग सबैको पहुँच रहोस् भने हाम्रो संस्थाको उदेश्य रहेको प्रबन्धक यादवले बताए।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤